धवलागिरीको आधारभूत अस्पतालमा अल्ट्रासाउण्ड सेवा सुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा रहेको आधारभूत अस्पतालमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा उपकरण ब्यवस्थापन गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज हुने अस्पतालका डाक्टर एकराज भण्डारीले बताउनुभयो ।

अल्ट्रासाउण्डका लागि सेवाग्राहीहरुलाई दरबाङ, बेनी, पोखरा पुग्नुपर्ने बाध्यता हटेको छ । रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रुपमा सेवा पाउन थालेका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाले गत माघ महिनादेखि ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर पाँच शैया क्षमताको अस्पताल सञ्चालन गरेको अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले प्रदेश सरकारले उपकरण उपलब्ध गराएको र स्वास्थ्यकर्मी रुपा केसीलाई बिरगञ्ज पठाएर तालिम दिएको बताउनुभयो ।

अस्पतालमा अन्तरंग, आकस्मिक, ल्याब, एक्सरे, सुरक्षित प्रसुति, गर्भपतन लगायतका सेवा प्रवाह हुन्छ । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि बिशेष गरेर गर्भवतिहरुलाई सुबिधा पुगेको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउन विद्युतको बैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...