म्याग्दीमा १७ जना कोरोना संक्रमित थपिए

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना (भाइरस)का संक्रमित थपिएका छन् ।

Bhautik ministry notice about road

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार १२८ जना पुगेको छ । मंगलबार पिसिआर बिधिबाट १६ र एन्टिजेन बिधिबाट एक जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका बिजया पराजुलीले बताउनुभयो ।

ब्ेनी नगरपालिकाका १३, मंगला, रघुगंगा, अन्नपूर्ण र जलजला गाउँपालिकाका एक÷एक जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमण जितेर आइसोलेशनमुक्त हुँदा सक्रीय संक्रमितको संख्या २०७ जना कायम भएको छ । म्याग्दीबाट संकलन गरेर पठाइएको १२ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...