म्याग्दीमा जेठ ३१ सम्म निषेधाज्ञा लम्बियो

Sinchai Khanipani notice

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा पाँचौ पटक थपेर जेठ ३१ गतेसम्म लम्बाइएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको सोमबारको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । चौथो पटक जेठ १७ गतेदेखि थपिएको निषेधाज्ञा सोमबार राती १२ बजेदेखि सकिदैछ् ।

यसअघि पहिलो पटक गत बैशाख २२ देखि ३० गतेसम्म, दोस्रो पटक बैशाख ३१ देखि जेठ १० गतेसम्म र तेस्रो पटक जेठ १० देखि १७ गतेसम्म निषेधाज्ञा गरिएको थियो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संक्रमण दर घटेपनि जोखिम कामयै भएकाले निषेधाज्ञा जारी गरिएको बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रशासनले निषेधाज्ञा पालनाका लागि १५ बुदे आदेश जारी गरेको छ । खाद्यान्न तथा तरकारी लगायतका कृषि औजार र विउविजनका पसलहरु विहान ५ बजेदखि १० बजेसम्म खुल्ने भएका छन् ।

बैक तथा सहकारीहरु आईतबार र बुधबार विहान १० बजेदेखि २ बजेसम्म खुल्ने छन् । विकास निर्माणका सामाग्रीहरु र खाद्यान्नहरु लोड अनलोडका लागि रातको समय तोकिएको छ । सवारीसाधनले विरामी बाहेक यात्रुहरु बोक्न पाउने छैन्न ।

म्याग्दीमा आईतबारसम्म कोरोना संक्रमितको संख्या दुई हजार १११ जना पुगेका छन् । पिसिआरबाट एक हजार ५४५ जना र एन्टिजेनबाट ५६६ जना संक्रमित पहिचान भएका हुन् । हाल जिल्लामा २२८ जना संक्रिय कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

म्याग्दीमा आइतबार थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाका १, मंगला गाउँपालिकाका ३, मालिकाका १, रघुगंगाका ९, अन्नपूर्णका ४, धवलागिरीका ६ र जलजलाका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार १५ जना संक्रमितले कोरोना जितेर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीबाट संकलन गरेर पठाइएको १५ वटा नमुनाको पिसिआर नतिजा आउन बाँकी छ । सबै स्थानीय तहहरुले एन्टिजेन बिधिबाट परिक्षणको दायरा बढाउने निर्णय डिसिसिएमसीले गरेको छ । ६ वटै स्थानीय तहलाई आठ÷आठ सय थान एन्टिजेन किट उपलब्ध गराइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...