कोरोना विरुद्धको खोपको ब्यवस्था गर्न निर्माण ब्यवसायीको माग

Gandaki Pardesh notice

बेनी । म्याग्दीका निर्माण ब्यवसायीले कोरोना बिरुद्धको खोप लगाउने ब्यवस्था मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेका छन् ।

Bhautik ministry notice about road

निर्माण ब्यवसायी संघ म्याग्दीले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउदै कोरोना विरुद्ध खोप लगाउने ब्यवस्था मिलाउन माग गरेका हुन् । संघका बरिष्ठ उपाध्यक्ष बिपिन खड्काको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई मागपत्र बुझाएका थिए । मनोज कार्की, प्रविन सापकोटा र रामचन्द्र कार्की टोलीमा सहभागी हुनुहुन्थ्यो ।

कोरोनाको जोखिमका बिच पनि सरकारले बिकास निर्माणका कामलाई निरन्तरता दिने नीति लिएको छ । निर्माण ब्यवसायी र निर्माण क्षेत्रमा काम गर्नेहरुलाई अबको चरणमा खोप लगाउने क्रममा प्राथमिकता दिन संघले माग गरेको छ । म्याग्दीका निर्माण ब्यवसायीका साथै विभिन्न विकास आयोजनामा काम गर्ने कर्मचारी तथा मजदुरमा पनि कोरोना संक्रमण पुष्टि भएपछि उनिहरु डराएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...