महारानीथानको बाँझो जमिनमा नर्सरी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् ।

बेनीमा बस्दै आउनुभएकी मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन् ।

वार्षिक रु. एक लाख पचास हजार भाडा तिरेर नौ रोपनी जग्गा भाडामा लिएर गुरुङ र पुनले नर्सरी स्थापना गर्नुभएको हो । नर्सरी स्थापना हुनुअघी भिरालो पाखोमा रहेको सो ठाउँको जग्गा बाँझो थियो ।

Shreekrishna hardwear in news

स्काभेटरले जग्गा सम्माएर खनजोत गरी बाहिरबाट माटो र मल ल्याएर हालेर नर्सरी बनाएका हुन् । गत हिउँददेखि सुरु भएको रुबिना एण्ड दिक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन् । खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ ।

नर्सरी स्थापनाका लागि रु. बाइस लाख लगानी भएको सञ्चालक सिता गुरुङले बताउनुभयो । “बिउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उहाँले भन्नुभयो “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका बिरुवा उत्पादन भएको छ ।”

Bhautik ministry notice about road

सेमि हाइटेक प्रबिधीको पलास्टिक घरमा विभिन्न प्रजातिका फुलका बिरुवा तयार पारिएको छ । बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक तेजकुमारी पुनले बताउनुभयो ।

जिल्ला दररेट अनुसार टिम्मुरको बिरुवा प्रतिगोटा ५७ र दाँते ओखरका बिरुवाको प्रतिगोटा ११५ रुपैयाँ मूल्य निर्धारण भएको छ । गुरुङ र पुन सामुदायिक वन उपभोक्ता महासंघका अभियान्त हुन् । वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई ब्यवसायमा रुपान्तरण गरेको उहाँहरुले बताउनुभयो ।

नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्तरगत एक लाख १५ हजार रुपैया अनुदान उपलब्ध गराएको थियो । दुई वटा सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाउनुभएको छ । गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गर्नुभएको थियो ।

म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उहाँहरुले बताउनुभयो । पछिल्लो समय म्याग्दीका कृषकहरु नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...