मंगलाघाटमा फिल्मी शैलीमा भएको डरलाग्दो दुर्घटना

Sinchai Khanipani notice

बेनी । समय ः २०७८ जेठ १८ गते दिउँसो २ देखि ३ बजे । स्थान ः बेनी नगरपालिका–७ मंगलाघाट, म्याग्दी ।

घटना बिबरण ः एक जना वृद्धा बेनी–दरवाङ सडकको मंगलाघाट खण्डमा पर्ने सत्यसाई मन्दिर अगाडीको उकालोमा हिडिरहेकी छिन् । एक्कासी अगाडीबाट एउटा सेतो रंगको बोलेरो जिप ब्याक हुँदै वृद्धा भएतर्फ गुड्छ । हिडिरहेकी बुद्धा एक्कासी ढल्छीन् । जिपको दाहिने भागले वृद्धालाई लतारेर केही तल पुगेर गाडी रोकिन्छ । दुई जना युवाहरु गाडीको दायाँ र बाँयाको सिटबाट झर्छन् । बृद्धालाई नियाल्छन । यता उता हेर्छन् । कोही नदेखिएपछि एक जना मंगलाघाट तर्फ जान्छन् । अर्काले गाडी लिएर दरवाङ तर्फ जान्छन् । सडक छेउमा लडिरेकी वृद्धा उद्दारका लागि हार गुहार गर्छिन् । घरको छतमा बसिरहेका एक जनाले प्रहरीलाई खबर गर्छन् । प्रहरी केही छिनमै घटनास्थल पुग्छ । स्थानीय पनि जम्मा हुन्छन् । रगताम्मे अवस्थामा अचेत भएकी वृद्धालाई अस्पताल लैजान्छन् । यो घटना कुनै चलत्रित्रको कथा र काल्पनिक नाटक नभएर वास्तविक दुर्घटना हो ।

सो दुर्घटनामा परेर घाइते भएकी धवलागिरी गाउँपालिका–२ ठेगाना भई हाल बेनी नगरपालिका–७ मंगलाघाट बस्ने ७७ वर्षीय भिमकुमारी गौचनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । भिमकुमारीका छोरा दिलिप गौचनले आमाको दुवै हात र खुट्टा क्षतबिक्षत भएको बताउनुभयो । जटिल र संवेदनशिल भएकाले बेनी अस्पतालले मणिपाल रिफर गरेको हो । “दुवै हात र खुट्टाको घुँडादेखि तलको भाग क्षतबिज्ञत भएको छ,” दिलिपले भन्नुभयो “डाक्टरले अपरेशन गर्ने तयारी गरेका छन् ।”

Shreekrishna hardwear in news

एक जना प्रत्यक्षदर्शीका अनुसार ग ३ च १३३ नम्बरको बोलेरो जिप ब्याक भएर सडक छेउमा हिडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । ठक्कर दिएर दरवाङतर्फ भागेको जिपलाई प्रहरीले त्यहीदिन साँझ डम्मरामा बेवारिसे अवस्थामा फेला पारेको थियो । अर्को साँचो प्रयोग गरेर जिप चालु गरी प्रहरीले बेनी ल्याएका थिए । घाइतेका छोरा दिलिपका अनुसार सवारी धनी किशोर शर्मा सम्पर्कमा आएर उपचारका लागि पोखरा पुग्नुभएको छ ।

Bhautik ministry notice about road

सो जिप पछिल्लो समय शंकर जिसी नामका व्यक्तिले चलाउने गरेका थिए । दुर्घटना हुँदाको अवस्थामा लोप्चन शर्माले जिप चलाएको प्रत्यक्षदर्शीको भनाई छ । लोप्चन किशोरका भाई भएको स्थानीयबासीले बताए । प्रहरीले दुर्घटना भएको चार दिन बितिसक्दा पनि जिप कसले चलाएको हो भन्ने पहिचान र पक्राउ गर्न नसक्नुले शंका र प्रश्न उब्जिएको छ । सामान्य घटनाहरुको पनि दैनिकजसो प्रेस विज्ञप्ति जारी गर्ने जिल्ला प्रहरी कार्यालय म्याग्दीले यो घटनाको बिषयमा कुनै विवरण सार्वजनिक गरेको छैन् ।

प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले सवारी धनी सम्पर्कमा आएर घाइतेको उपचारमा खटिएको बताउनुभयो । “घाइतेको उपचार हुदैछ । जिप हाम्रो नियन्त्रणमा छ,” उहाँले भन्नुभयो “जति सक्दो छिटो कसले दुर्घटना गराएको हो त्यो व्यक्ति पहिचान गरेर कानुनी कारबाहीको दायरामा ल्याउँछौ ।”

विगतमा म्याग्दी प्रहरीले मोटरसाइकलले ठक्कर दिएर गाई मारेको बिषयमा अनुसन्धानमा उदाशिनता देखाएको, कतिपय दुर्घटनामा नक्कली चालक बनाउन मिलेमतो गरेको जस्ता गुनासो पनि सुनिन्छ । कतै यो दुर्घटनामा पनि यस्तै हुने त होइन भन्ने शंका उब्जिएको छ ।

घाइतेका आफन्तसँग सवारी धनीले ग्यारेजमा मर्मतपछि परिक्षणको क्रममा प्राबिधिक त्रुटिले दुर्घटना भएको प्रतिक्रिया दिएका छन् । सवारी चालक अनुमति पत्र नभएका व्यक्तिले चलाएको सवारी साधन दुर्घटना भएको अवस्थामा चलाउने व्यक्ति मात्र नभई सवारी धनी पनि कारबाहीको भागिदार हुने कानुनी ब्यवस्था छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...