रत्नेचौरकी दिपाको लोभलाग्दो पंक्षीपालन

Gandaki Pardesh notice

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी दिपा महत जिसीले ब्यवसायिक रुपमा पंक्षीपालन गरेर राम्रो सफलता प्राप्त गर्नुभएको छ ।

दुई वर्षअघि रत्नेचौर स्थित करिब दश रोपनी बाझिएको उपयोगबिहिन पाखोपारीलाई सम्माएर स्थापना गरेको दिप पशुपंक्षी फार्म नमुना बनेको छ । छोराछोरी पढाउन बागलुङ बजारमा बस्दै आउनुभएकी जिसीले गाउँ फर्किएर ब्यवसायिक पंक्षीपालन सुरु गर्नुभएको थियो ।

उहाँले स्थानीय, कोइरलर (गिरिराज), फ्रेन्सी र ब्रोइलर जातका कुखुरा, हाँस र टर्की पाल्नुभएको छ । फार्म स्थापना गर्न उहाँले बीस लाख रुपैयाँ भन्दा धेरै खर्चेर संरचना बनाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाले हाल दुई सय स्थानीय र कोइलर जातका कुखुरा पाल्नुभएको छ । एक हजार ब्रोइलर कुखुराका साथै सय भन्दा बढी हाँस छन् । मासु र अण्डाका लागि स्थानीय जातका कुुखुरा पाल्नुभएको हो । भिरालो पाखाको खुल्ला ठाउँमा चर्न मिल्ने गरि कुखुराको खोर बनाउनुभएको छ ।

बेनी र बागलुङमा मासु, अण्डा खपत हुन्छ । होटल रेष्टुरेन्ट सञ्चालक देखि घरायसी उपभोगका लागि कुखुरा, अण्डा खोज्दै ग्रहाक फार्ममै आउने गरेका सञ्चालक जिसीले बताउनुभयो ।

सो फार्मलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा घेराबारका लागि साना ब्यवसायिक फार्म कार्यक्रम मार्फत अनुदान सहयोग गरेको छ । रु. एक लाख अनुदान उपलब्ध गराएको कार्यालयका पशु स्वास्थ्य प्राबिधिक सुभाष रेग्मीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...