मालिका गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग प्राप्त

Gandaki Pardesh notice

बेनी । माउन्ट हर्ट नेपाल संस्थाले म्याग्दीको मालिका गाउँपालिकालाई रु. १२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा कोरोना (भाइरस)को संक्रमण रोकथाम, नियन्त्रण र बिरामीको उपचारका लागि आवश्यक सामग्री सहयोग प्राप्त भएको हो ।

Bhautik ministry notice about road

संस्थाका अध्यक्ष डाक्टर अवन गौतमको टोलीले शुक्रबार दरवाङमा गाउँपालिकाका अध्यक्ष रोका, उपाध्यक्ष खरमाया बिटालु र प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेललाई सामग्री हस्तान्तरण गरेको थियो ।

Shreekrishna hardwear in news

सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रगुलेटर लगायत सामग्री छन् । माउन्ट हर्ट नेपालले यसअघि बिहिबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुई÷दुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...