पानाबगरबाट स्काभेटर सहित तीन सवारी साधन नियन्त्रणमा

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ पानाबगरबाट प्रहरीले शुक्रबार स्काभेटर सहित तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

बाबियाचौर प्रहरी चौकीको टोलीले ग १ क ५३२४, बा ३ क ३३७ ट्रिपर र बा २ क १२१३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय म्याग्दी मार्फत जिल्ला समन्वय समितिमा पठाइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले मापदण्ड विपरित बगरमा नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका उपकरण र सवारी साधन नियन्त्रणमा लिइएको बताउनुभयो ।

गाउँपालिकासँग मजदुर मार्फत उत्खनन् गर्ने सर्तमा ठेक्का सम्झौता गरेका ब्यवसायीले सर्त बिपरित उपकरण प्रयोग गरेको भेटिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

केही समययता म्याग्दी प्रहरीले मापदण्ड विपरितको बगर उत्खनन् नियन्त्रणमा सक्रियता देखाएको छ । यसअघी रघुगंगा र अन्नपूर्ण गाउँपालिका स्थित कालीगण्डकी बगरमा मापदण्ड विपरित उत्खनन्मा प्रयोग भएका उपकरण नियन्त्रणमा लिएको थियो ।

सुरक्षा निकाय, प्रशासन र जनप्रतिनिधीको ध्यान कोरोना नियन्त्रण र निषेधाज्ञातर्फ केन्द्रित भएको मौका छोपेर मापदण्ड विपरितको बगर उत्खनन् बढेको गुनासो आएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...