३८ जना कोरोना संक्रमित थपिए

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ घण्टामा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

पिसिआर परिक्षणबाट १२ र एन्टिजेन परिक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार ६८ जना पुगेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

शुक्रबार १७ जनाले कोरोना जितेर आइसोलेशनमुक्त हुँदा सक्रीय संक्रमितको संख्या २७२ जना कायम भएको छ । नयाँ थपिएका संक्रमितमा बेनी नगरपालिकाका १० जना, रघुगंंगाका २३, मंगलाका तीन, जलजलाका दुई जना छन् ।

Shreekrishna

म्याग्दीबाट संकलन गरेर पठाइएको सबै स्वाबको नतिजा आएको छ । बेनी अस्पतालको आइसोलेशनमा ८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एक जना निको भएर डिस्चार्ज भएका छन् । ६ जनाको स्वाब संकलन गरिएको छ । शुक्रबार दुई जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...