कोरोना संक्रमण चेनब्रेक गर्न बेनी नगरपालिकाको पहल

Gandaki Pardesh notice

बेनी, म्याग्दीको बेनी नगरपालिकाले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई चेनब्रेक गर्न सक्रीय बनेको छ ।

शंकास्पद र लक्षण देखिएकाको स्वाब संकलन, एन्टिजेन परिक्षण गर्ने देखि आइसोलेशन र प्रिआइसोलेशन निर्माण गरेको नगरपालिकाका जनप्रतिनिधी स्वास्थ्यकर्मी सहित होम आइसोलेशन बसेका संक्रमितको मनोबल बढाउन घरदैलो गरिरहेका छन् ।

बेनी अस्पतालको निर्माणाधिन भवनमा २० शैया क्षमताको आइसोलेशन निर्माणमा रु. सात लाख सहयोग गरेको नगरपालिकाले माउन्ट एभरेष्ट आवासीय मावीको हिलसाइड स्थित पुरानो भवनमा २० जना क्षमताको प्रिआइसोलेशन सञ्चालन गरेको छ ।

Shreekrishna hardwear in news

घरमा बस्न नसक्ने अवस्थाका संक्रमितलाई प्रिआइसोलेशन र भर्ना गर्नुपर्नेलाई आइसोलेशनमा राखेर उपचारको ब्यवस्था मिलाइएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । “अधिकांश संक्रमित होम आइसोलेशनमा बसेका छन्,” उहाँले भन्नुभयो “संक्रमितलाई घरबाट स्वास्थ्य संस्था, अस्प्ताल र उपचारपछि घर पुग्न निशूल्क यातायातको ब्यवस्था मिलाएको छ ।”

नगरप्रमुख श्रेष्ठले दुई वटा नीजी गाडी निशूल्क रुपमा बिरामी बोक्न नगरपालिकालाई उपलब्ध गराउनुभएको छ । निषेधाज्ञाको कार्यान्वयन र सचेतना अभिवृद्धीका लागि टोल स्तरसम्मकै संरचनालाई परिचालन गरेको छ ।

Bhautik ministry notice about road

लक्षण देखिएका र शंकास्पद बिरामीहरुलाई टोलमै पुगेर एन्टिजेन तथा पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । पहिलो चरणमा नगरपालिकाको दश वटै वडा स्तरमा स्वाब संकलन र एन्टिेजन परिक्षण गरेको थियो ।

पछिल्लो पटक संक्रमणको लक्षण देखिएका टोल स्तरमा परिक्षणको काम भइरहेको स्वास्थ्य शाखा संयोजक लिलादेवी गौतमले बताउनुभयो । बुधबार बेनी नगरपालिका–१ को अर्जममा रत्नेचौर स्वास्थ्य चौकी र नगरपालिकाको स्वास्थ्य शाखाका प्राबिधिकहरुले स्वाबको नमुना संकलन गरेका थिए । ५१ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको छ ।

अर्जममा केही दिनयता कोरोना भाइरससंग मिल्ने लक्षण देखिएको रोगबाट मानिसहरु बिरामी परेकाले परिक्षण गरिएको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । पछिल्लो समय बेनी नगरपालिकाको भकिम्ली र अर्जममा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म दुई हजार ४२३ वटा एन्टिजेन र पिसिआर परिक्षण भएको बेनी नगरपालिकाका ९२६ जनामा संक्रमण पुष्टि भएको छ । जस मध्य ७७७ जना दोस्रो लहरबाट संक्रमित भएका हुन् । ११ जनाको मृत्यु भएको छ । ८४१ जना निको भएका छन् । ७४ जना सक्रीय संक्रमित रहेका नगरपालिकाका सूचना अधिकारी युवराज थापाले बताउनुभयो ।

परिक्षणका लागि पठाइएको ७३ वटा नमुनाको नतिजा आउन बाँकी छ । यसैगरी नगरपालिकाका वडाका जनप्रतीनिधीहरुले स्वास्थ्यकर्मी सहित संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र आवश्यक परामर्श तथा औषधी उपलब्ध गराउने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...