म्याग्दीमा कोरोना संक्रमितको संख्या दुई हजार नाध्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार जना नाघेको छ ।

बिहिबार पछिल्लो २४ घण्टामा थपिएका ४६ जना सहित जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई हजार ३० जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार पिसिआरबाट ३७ र एन्टिेजेन बिधिबाट गरिएको परिक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकाका ३९ जना, जलजलाका १, अन्नपूर्णका २ र रघुगंगाका ४ जनामा कोरोना पुष्टि भएको हो ।

Shreekrishna hardwear in news

म्याग्दीमा हाल सक्रीय कोरोना भाइरसका संक्रमित २५५ जना छन् । पछिल्लो २४ घण्टामा ४० जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका छन् । केही दिनयता म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...