शिक्षकलाई कोरोना बिरुद्धको खोपको ब्यवस्था गर्न माग

Sinchai Khanipani notice

बेनी । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति म्याग्दीले शिक्षकहरुलाई कोरोना भाइरस बिरुद्धको खोपको ब्यवस्था गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष जयराम सुबेदीको नेतृत्वमा बिहिबार जिल्ला प्रशासन कार्यालयमा गएको महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई शिक्षकलाई खोपको ब्यवस्था मिलाउन माग गरिएको ज्ञापनपत्र बुझाएको हो ।

Bhautik ministry notice about road

अबको चरणमा कोरोना विरुद्धको खोप लगाउने क्रममा शिक्षकहरुलाई प्राथमिकता दिन महासंघले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । सरकारी र गैरसरकारी क्षेत्रका संघ संस्थामा कार्यरतलाई खोप उपलब्ध गराउँदा समेत समाजको अगुवा र सचेत शिक्षक बर्गलाई उपेक्षा गरेकोमा महासंघले खेद व्यक्त गरेको छ ।

Shreekrishna hardwear in news

कोरोना संक्रमणका कारण म्याग्दीका एक सहिद देशभर दुई सय भन्दा बढी शिक्षकहरुले ज्यान गुमाएका छन् । म्याग्दी जिल्लामा कोरोना विरुद्धको खोप लगाउने क्रममा शिक्षकलाई पहिलो प्राथमिकतामा राख्न महासंघले माग गरेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...