३४ जना कोरोना संक्रमित थपिदा २८ जना आइसोलेशनमुक्त भए

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा बुधबार २८ जनाले कोरोना जितेर आयसोलेशनमुक्त हुँदा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

पिसिआर बिधीबाट गरिएको परिक्षणमा ९ जना र एन्टिजेन परिक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बुधबार थपिएका सहित म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक हजार ९८४ जना पुगेको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

हाल म्याग्दीमा २५० जना सक्रीय संक्रमित छन् । बेनी नगरपालिकाका नौ जना, मालिकाका तीन जना, अन्नपूर्णका दश, रघुगंगाका चार, मंगलाका सात, धवलागिरीका चार र जलजलाका तीन जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी म्याग्दीमा बुधबार २८ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा संकलन गरेर पठाइएको ७० वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ ।

Shreekrishna hardwear in news

बेनी अस्पतालको आइसोलेशनमा १३ जना उपचाररत छन् । दुई जना निको भएर डिस्चार्ज भएका छन् । १५ जनाको स्वाब संकलन गरेको छ । १४ जनाको एन्टिजेन परिक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...