म्याग्दीमा थप ३१ जनामा कोरोना संक्रमण

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर बिधिबाट गरिएको परिक्षणमा १८ र एन्टिजेन परिक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले मंगलबार थपिएकासँगै म्याग्दीमा कुल कोरोना संक्रमितको संख्या एक हजार ९५० जना पुगेको जानकारी दिनुभयो ।

उहाँका अनुसार मंगलबार २२ जनाले कोरोना संक्रमित जितेर आइसोलेशनमुक्त हुँदा सक्रिय संक्रमितको संख्या २४७ जना कायम भएको छ । म्याग्दीबाट संकलन गरेर पठाइएको २९ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बेनी नगरपालिकामा ९ जना, मालिकामा तीन जना, अन्नपूर्णमा ६, मंगलामा ८, रघुगंगामा २, धवलागिरीमा १, जलजलामा १ जनामा कोरोना पुष्टि भएको हो । यसैबीच अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

होम आइसोलेशनमा बसेका ८२ वर्षीय संक्रमितको शव स्वास्थ्यकर्मी र वडाको टोलीले मापदण्ड अनुसार ब्यवस्थापन गरेको अन्नपूर्णका स्वास्थ्य संयोजक समुन्द्र बरुवालले बताउनुभयो । उहाँलाई जेठ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बेनी अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । निको भएर दुई जनालाई डिस्चार्ज गरिएको छ । १३ जनाको एन्टिजेन परिक्षण भएकोमा ५ जनामा कोरोना पुष्टि भएको बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...