पर्याप्त जनशक्ति अभावमा बेनी अस्पतालको आइसियु र भेन्टिलेटर नियमित सञ्चालन गर्न समस्या

Sinchai Khanipani notice

बेनी । सदरमुकाम स्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन् ।

जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन गर्न समस्या भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शैयाको आइसियु कक्ष स्थापना गरिएको थियो ।

दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । गण्डकी प्रदेश सरकार मातहत रहेका अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाउने निर्णयबमोजिम म्याग्दीमा गत असारमै दुई भेन्टिलेटर र पाँच शैयाको आइसियु मेशिन तथा उपकरण र सामग्री खरिद गरी जडानसमेत भएको थियो ।

Shreekrishna hardwear in news

प्रदेश सरकारमार्फत रु एक करोड ७८ लाख बजेट विनियोजन भएकोमा बोलपत्रमार्फत रु एक करोड २५ लाखमा आइसियु र भेन्टिलेटरको उपकरण र सामग्री खरिद गरिएको अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

आइसियु कक्ष नियमितरुपमा सञ्चालन गर्नका लागि कम्तीमा एक÷एक जना इन्टरनल मेडिसिन र बेहोस बनाउने डाक्टर (एनएसथीसियोलोजिस्ट) आवश्यक पर्ने भए पनि सो जनशक्ति नरहेकाले नियमित सञ्चालनमा ल्याउन नसकिएको अध्यक्ष कटुवाल बताउनुहुन्छ ।

Bhautik ministry notice about road

“अस्पतालमा हाल मौजुदा मध्य थप छ जना चिकित्सक र १२ जना स्टाफ नर्स आवश्यक पर्छ,” उहाँले भन्नुभयो “प्रदेश सरकारलाई जनशक्ति उपलब्ध गराउन नसके आन्तरिक स्रोतले ब्यवस्थापन गर्न भएपनि अनुमति मागेका छौ ।”

अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलका अनुसार आकस्मिकरुपमा छोटो समयको लागि मात्रै भेन्टिलेटरसहितको आइसियु कक्षमा बिरामीको उपचार गर्न सम्भव छ । “आइसीयुमा राख्नुपर्ने बिरामीको संख्या कमै हुन्छ,” उहाँले भन्नुभयो “अरु बिकल्प नभएको अवस्थामा आइसीयु सञ्चालन भएको छ ।”

गत वर्षदेखि मिर्गौला पीडितको लागि डायलासिस सेवासमेत सुचारु गरिएको र कोरोनाका बिरामीको आइसोलेसनमा समेत सेवा दिनुपर्ने भएकाले थप जनशक्ति व्यवस्थापन गर्न जरुरी रहेको अस्पतालले जनाएको छ । भेन्टिलेटरसहितको आइसियु कक्षलाई नियमित सञ्चालन गर्न प्रदेश सरकार र विभागमा माग भए पनि अहिलेसम्म सुनुवाइ नभएको अध्यक्ष कटुवालले बताउनुभयो ।
बेनी अस्पतालमा म्याग्दी जिल्लाका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका र बागलुङको पश्चिम भेगका स्थानीयले समेत सेवा लिँदै आएका छन् । कोरोना सङक्रमितको उपचारलाई प्रभावकारी बनाउन आइसीयु र भेन्टिलेटर प्रयोगमा ल्याउनुपर्ने आवश्यकता महशुस भएको स्थानीयबासी खम थापाले बताउनुभयो ।
अस्पतालमा रहेका आइसियु र भेन्टिलेटरका उपकरण प्रयोगविहीन बन्ने र अर्कोतर्फ गम्भीर प्रकृतिका कोरोना सङ्क्रमित बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौँ पुर्याउनुपर्ने बाध्यता सिर्जना हुनु दुःखद रहेको बेनी नगरपालिका–६ का नारायण शर्माले बताउनुभयो ।

बेनी अस्पतालमा एचडियु र अक्सिजन सहितको २५ शैया क्षमताको आइसोलेशन सञ्चालन गरेर कोरोना संक्रमितको उपचार भइरहेको छ । दोस्रो लहरको संक्रमण फैलिएपछि करिब एक सय जना जटिल अवस्थाका संक्रमितको सफल उपचार भएको छ ।

सिमित जनशक्ति, पुर्बाधार र उपकरणका बावजुद चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा दिइरहेका छन् । पाँच वर्षअघि ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा हाल ९ जना चिकित्सक छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...