म्याग्दीका पालिकालाई दुई अरब ६९ लाख अनुदान

Gandaki Pardesh notice

बेनी, । संघीय सरकारले म्याग्दीका स्थानीय तहहरुका लागि आगामी आर्थिक वर्षमा कुल दुई अरब ६९ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले सार्वजनिक गर्नुभएको बजेट बक्तब्यको बिबरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच वटा गाउँपालिकालाई समानीकरण, सशर्त, बिशेष र समपुरक अनुदान शिर्षकमा सो बजेट बिनियोजन भएको उल्लेख छ ।

बेनी नगरपालिकाले ४८ करोड ८५ लाख र अन्य स्थानीय तहले एक अरब ५२ करोड ४८ लाख रुपैयाँ अनुदान पाएका छन् । गाउँपालिकातर्फ सबैभन्दा बढी मालिका गाउँपालिकाले ३१ करोड ९२ लाख र धवलागिरीले २७ करोड ९९ लाख रुपैयाँ बजेट पाएका छन् ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिकाले ३१ करोड पाँच लाख, मंगलाले ३० करोड ५६ लाख र रघुगंगा गाउँपालिकाले ३१ करोड ९२ लाख रुपैयाँ अनुदान पाउने भएका छन् । संघीय सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ का लागि एक अरब ७७ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

Bhautik ministry notice about road

संघ, प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहहरुले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँडको प्रक्रिया थालेका छन् ।

अर्थमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको बजेट बक्तब्यमा म्याग्दीको उत्तरी क्षेत्र भएर मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडक आयोजना समेटिएको कालीगण्डकी कोरीडोर र सदरमुकाम बेनी बजार संरक्षण आयोजनालाई निरन्तरता दिएको उल्लेख छ ।

यसैगरी म्याग्दी लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली जिल्लामा उन प्रसोधन उद्योग स्थापना गर्ने, ब्यवसायिक पशुपालनमा जोड दिने बजेट बक्तब्यमा उल्लेख छ । यसैगरी म्याग्दी लगायत जिल्लाका पहिरो पिडितको निजी आवास पुननिर्माणलाई निरन्तरता दिएको अर्थमन्त्री पौडेलले घोषणा गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...