म्याग्दीमा थप २४ जनामा कोरोना पुष्टि

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा सोमबार पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी ५८ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

कार्यालयका सूचना अधिकारी गणेश सुबेदीका अनुसार १२ जनामा पिसिआर र एन्टिजेन बिधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकाका दश जना, मालिकाका एक जना, रघुगंगाका ८ जना, मंगलाका २ र जलजलाका ३ जनामा कोरोना पुष्टि हुँदा ५८ जनाले कोरोना जितेका सुबेदीले बताउनुभयो ।

एक हजार ९१९ जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा सक्रीय संक्रमितको संख्या २४१ जनामा झरेको छ । म्याग्दीमा संकलन गरेर परिक्षणका लागि पोखरा पठाइएको ३२ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...