म्याग्दीमा २४ जेठसम्म निषेधाज्ञा लम्बियो

Gandaki Pardesh notice

बेनी । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि म्याग्दीमा गरिएको निषेधाज्ञा जेठ २४ गतेसम्म लम्बिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सिफारिसमा सुरक्षा समितिको बैठकले जेठ १७ गतेसम्म गरिएको निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले केही खुकुलो हुने गरि जेठ २४ गतेसम्मका लागि निषेधाज्ञा थप भएको बताउनुभयो । खाद्यान्न तथा तरकारी लगायतका कृषि औजार र विउविजनका पसलहरु विहान ५ बजेदखि १० बजेसम्म खुल्ने भएका छन् ।

Shreekrishna hardwear in news

बैक तथा सहकारीहरु आईतबार र बुधबार विहान १० बजेदेखि २ बजेसम्म खुल्ने छन् । विकास निर्माणका सामाग्रीहरु र खाद्यान्नहरु लोड अनलोडका लागि रातको समय तोकिएको छ । सवारीसाधनले विरामी बाहेक यात्रुहरु बोक्न पाउने छैन्न ।

Bhautik ministry notice about road

म्याग्दीमा गत बैशाख २२ गतेदेखि निषेधाज्ञा भएको थियो । तेस्रो चरणको निषेधाज्ञा जेठ १७ गते सकिदै थियो । पहिलो चरणमा बैशाख ३१ गतेसम्म, दोस्रो चरणमा जेठ १० गतेसम्म, तेस्रो चरणमा जेठ १७ सम्म र चौथो चरणमा जेठ २४ गते सम्म निषेधाज्ञा थपिएको छ ।

म्याग्दीमा आईतबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ८९५ जना पुगेका छन् । पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४५० जना संक्रमित पहिचान भएका हुन् । हालसम्म २७९ जना संक्रिय कोरोना संक्रमित स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

म्याग्दीमा आइतबार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेनी नगरपालिकाका ७ र अन्नपूर्ण गाउँपालिकाका ८ जनामा एन्टिजेन बिधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले जानकारी दिनुभयो ।

म्याग्दीमा आइतबार ७२ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीबाट पठाइएको ५६ वटा नमुनाको नतिजा आउन बाँकी छ । केही दिनयता नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...