निषेधाज्ञाको समयमा कर, ब्याज नलिन र जरिवाना हटाउन माग

Gandaki Pardesh notice

बेनी । म्याग्दी उद्योग वाणिज्य संघले कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयको कर, ब्याज नलिन र जरिवाना हटाउन माग गरेको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी, नेपाल उद्योग बाणिज्य महासंघ, प्रदेश समिति र देशभरका उद्योग बाणिज्य महासंघका नगर तथा जिल्ला संघहरुलाई संघका अध्यक्ष बेलबहादुर कटुवालले एक पत्र पठाएर अपिल गर्नुभएको हो ।

Bhautik ministry notice about road

निषेधाज्ञाको समयमा बैंक तथा बित्तीय संस्था बन्द हुँदा र ब्यवसाय सञ्चालन नभएकाले बैंकबाट लिएको ऋणको ब्याज तिर्न समस्या भएको अध्यक्ष कटुवालले बताउनुभयो । निषेधाज्ञाको समयमा ब्याज तथा बिलम्ब शूल्क नलिने ब्यवस्था मिलाउनुपर्ने संघको माग छ ।

Shreekrishna hardwear in news

स्थानीय सरकारले लिने चालु आर्थिक वर्षको ब्यवसाय कर मिनाह गर्न र निजी क्षेत्रलाई राहत मिल्ने कार्यक्रम ल्याउन संघले अनुरोध गरेको छ । कोरोनाका कारण उद्योगी ब्यवसायीहरु कर्जाको किस्ता तथा ब्याज, घरबाहाल, कर्मचारीको पारिश्रमिक लगायतका ब्यवस्थापकीय खर्च थेग्न नसकी टाट पल्टने अवस्थामा पुगेको अध्यक्ष कटुवालले बताउनुभयो ।

म्याग्दीमा दुई हजार भन्दा बढी ब्यवसायी र साना उद्योगीहरु छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...