मोना यूकेले बेनी अस्पताललाई दियो अक्सिजन कन्सन्ट्रेटर

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर उपकरण सहयोग गरेको छ ।

श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरेका छन् ।

Bhautik ministry notice about road

मोना यूकेले बेनी अस्पताललाई १ थान, मोना आइसीमार्फत म्याग्दीमै आउने गरी १ थान र बेलायतस्थीत नेपाली दुतावासलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको अध्यक्ष दल जुग्जालीले बताउनुभयो ।

Shreekrishna hardwear in news

अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो । अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन् ।

जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ । मोना यूकेमार्फत म्याग्दीमा यसअगाडी रेडक्रस सोसाईटीमार्फत सञ्चालन हुने गरी एम्बुलेन्स सहित विभिन्न क्षेत्रमा सहयोग समेत भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...