म्याग्दीमा ६३ जना आइसोलेशनमुक्त, धवलागिरीको मराङका सहित ११ जना संक्रमित थपिए

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा शुक्रबार पछिल्लो २४ जनामा ६३ जना कोरोना संक्रमित कोरोनालाई जितेर आइसोलेशनमुक्त हुँदा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पिसिआर बिधीबाट गरिएको परिक्षणबाट मंगलाका ६ जना, एन्टिजेन परिक्षणमा बेनीका १, मालिकाका १ र धौलागिरीका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धवलागिरीको मराङमा सात जनाको एन्टिजेन परिक्षण गर्दा तीन जना संक्रमित भेटिएका हुन् ।

मंगलाका संक्रमितहरुमा १ नम्बर वडाका १ जना, दुई नम्बरका एक जना, तीन नम्बरका दुई जना चार जना र पाँच नम्बर वडाका दुई जना भएका गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

योसँगै म्याग्दीमा कुल संक्रमितको संख्या एक हजार ८५७ जना पुगेको छ । हाल जिल्लामा सक्रीय संक्रमितको संख्या ५०१ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो । उहाँले ६३ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएको जानकारी दिनुभयो ।

म्याग्दीबाट संकलन गरेर परिक्षणका लागि पठाइएको २४ वटा स्वाब नमुनाको नतिजा आउन बाँकी छ । केही दिनयता म्याग्दीमा कोरोना संक्रमित निको हुने दर बढेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिकामा शुक्रबार एकै दिन ५५ जना कोरोना संक्रमित आइसोलेशन मुक्त भएका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

उहाँका अनुसार बिहीबार १७ जनाले कोरोना जितेर आइसोलेशनमुक्त भएका थिए । अन्नपूर्णले नारच्याङमा सञ्चालन गरेको कोरोना अस्पतालमा छ जनाको उपचार भइरहेको छ । शुक्रबार लक्षण देखिएका तीन जनामा एन्टिजेन परिक्षण गर्दा तीनै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी रघुगंगा गाउँपालिकामा ३१ जनाको एन्टिजेन परिक्षण गर्दा शुक्रबार नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ जना सबै रघुगंगा गाउँपालिका १ नम्बर वडा बेगका चार जना पुरुष र पाँच जना महिला हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...