कालिज पाल्ने हो ? म्याग्दीमै उत्पादन हुन थाल्यो चल्ला

Sinchai Khanipani notice

सिंगा । म्याग्दीमा बेनी नगरपालिका–४ सिंगामा कालिजको चल्ला उत्पादन सुरु भएको छ ।

हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा कालिजको चल्ला उत्पादन सुरु भएको हो । कालिजले पारेका अण्डालाई ह्याचिङ मेसिनमा राखेर चल्ला उत्पादन गर्न थालिएको फार्मले जनाएको छ ।

पहिलो चरणमा दुई हजार १०० वटा अण्डा मेसिनमा राखिएकोमा ५४ प्रतिशत चल्ला निस्कीएको फार्मका प्राबिधिक सुदिपबाबु पोखरेलले बताउनुभयो । एक हजार भन्दा बढी चल्ला उत्पादन भइसकेको छ ।

Shreekrishna hardwear in news

फार्ममा रहेका ३०० वटा माउ कालिजले दैनिक २१० देखि १५ वटाको अनुपातमा अण्डा उत्पादन गर्छन् । मेसिनमा राखेको २६ दिनमा चल्ला निस्कन्छ । निस्कीएको दिनकै चल्लालाई ८०० र एक हप्ता पालेकोलाई प्रतिगोटा ८५० रुपैयाँ मूल्य तोकिएको छ । ब्यवसायिक कृषकलाई लक्षित गरेर उत्पादन गरिएको कालिजको चल्ला इच्छुक व्यक्तिले पनि किनेर पाल्न सक्छन् ।

२०७६ को चैतमा काठमाडौको दक्षिणकालीमा रहेको एभरेष्ट वाइल्ड लाईफ एग्रो एण्ड रिसर्च प्रालीबाट ल्याएर पालिएका मध्य करिब ५०० कालिज मासुका लागि बिक्री गरेको छ । बनकुखुरा पनि भनिने कालिजलाई हरियालीले ब्यवसायिक रुपमा धौलागिरी क्षेत्रकै पहिलो पटक पाल्न र चल्ला उत्पादन गर्न थालेको हो । पाँच महिना पालेपछि दुई किलो भन्दा बढी तौल हुने कालिज मासुका लागि खान योग्य हुन्छन् ।

हरियालीका महाप्रबन्धक सेरबहादुर केसीले “राउननेक” जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको बताउनुभयो । हरियालीले “राउननेक” जातको कालिज पालन र चल्ला उत्पादन गरेको हो । भालेलाई मासुका लागि बिक्री गरिने र पोथीबाट अण्डा, ह्याचिङ गरि चल्ला उत्पादन गर्न थालिएको महाप्रबन्धक केसीले बताउनुभयो ।

कालिज सुत्केरी महिला र युरिक एसिड भएका लागि लाभदायक मानिन्छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । कालिजले सामान्य कुखुराको जस्तै प्रोटिन बढी भएको दाना खाने गर्दछन । दैनिक तीन पटक दाना र दुई पटक पानी खुवाउने गरिन्छ ।

Bhautik ministry notice about road

हरियालीले सात हजार कालिज पालनका लागि फार्मले पाँच रोपनी जमिनमा खोर बनाएको छ । चल्लालाई खोरमा राखिएको छ । हुर्कीएका कालिज राख्न नेट राखिएको खुल्ला ठाउँमा प्राकृतिक हिसाबले बस्न मिल्ने खोर बनाएको छ ।

परिक्षणका लागि पालिएको कालिज सफल भएपनि संख्या बढाउन थालिएको हो । कालिजको साथै स्थानीय जातका कुखुराको पनि ब्यवसायिक पालन गरेको छ । यसअघि काठमाडौ र पोखरा लगायत विभिन्न सहरमा कालिजपालन भएको थियो ।

कालिज नेपालमा पाइने जंगली पक्षी हो । स्वादीलो र स्वास्थ्यका लागि उपयुक्त मानिने कालिजको ब्यवसायिक पालन भएपछि मासुका लागि जंगलको कालिज चोरी शिकारी न्युनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिन बहादुर श्रेष्ठ, अन्तराष्ट्रिय कृषि वैज्ञानिक डाक्टर टिकाबहादुर कार्की, मदन थापा लगायतको अवधारणा अनुसार कृषकलाई समुहकृत गरि सिंगा र आगेबगरमा नयाँ मोडेलको कृषि फार्म सञ्चालन भएको छ ।

कम्पनीको अगुवाईमा स्थानीय ३६ जना जग्गाधनी कृषक सहित ५५ जनाको पाँच करोड रुपैयाँ लगानीमा स्थापना भएको हरियाली समुहले १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेति, माछापालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड (सिउडी फल) र पुष्प खेति गरेको छ ।

फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनि शाखाले परियोजना धितोमा राखेर पाँच करोड रुपैयाँ सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । फार्ममा १० करोड रुपैयाँ भन्दा बढी लगानी भएको छ ।

कृषकहरुलाई समूहकृत गरी जग्गा एकिकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यवसायिक कृषि तथा पशुपंक्षिपालन गर्ने कार्यलाई अघि बढाउन राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गर्नुभएको हो ।

कृषिको आधुनिकिकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकहरुको आम्दानी बढाउने उद्देश्य राखिएको यस अवधारणलाई “हरियाली मोडेल” नाम दिइएको छ ।

हालसम्म कुनै निकायबाट अनुदान नलिएको यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६÷६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...