खिबाङ खाम्लामा नमुना कृषि गाउँ कार्यक्रम

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमुना कृषि गाउँ कार्यक्रम लागु भएको छ ।

गण्डकी प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपंन्छी सहकारी संस्था लिमिटेड मार्फत कार्यक्रम कार्यान्वयन सुरु गरेको हो ।

चालु आर्थिक वर्षमा रु. चालिस लाख बिनियोजन भएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बावजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमकी कृषि प्राबिधिक सगुन कटुवालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“प्रदेश सरकारको ८५ र सहकारीको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “सहकारी मार्फत फलफुल र तरकारी खेती बिस्तार गर्न लागिएको छ ।”

Bhautik ministry notice about road

बिषादी र रासायनिक मलको प्रयोग बिना जैबिक प्रबिधिको प्रयोग गरेर खेती गरि वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न धवलागिरी गाउँपालिकाले खिवाङ र खाम्लालाई सिफारिस गरेको थियो ।
सहकारी अन्तरगत ५५ घरधुरी कृषकहरु कार्यक्रममा आवद्ध भएका छन् । कार्यक्रम मार्फत कृषि औजार, सामग्री, बिरुवा, बिउ बितरण, सिचाई पोखरी निर्माण, तालिम सञ्चालन गरिने सहकारीका अध्यक्ष रामबहादुर कामीले बताउनुभयो ।

सिचाईका लागि एक वटा ठूलो र दुई वटा सानो पोखरी निर्माण भइरहेको छ । २० वटा पलास्टिक घर निर्माण गर्ने, २० वटा थोपा सिचाई सेट र गोलभेडा, खुर्सानी, काउली, बान्दा आदी जातका तरकारीको बिउ र ६ वटा मिनिटेलर हलो बितरण गर्ने कार्यक्रम छ ।

तीन हजार सुन्तला, दुई हजार ५०० कागतीका बिरुवा बितरण गर्ने र ३५५ वटा खाडल खन्न अनुदान उपलब्ध गराइने भएको छ । तरकारी र फलफुल खेती सम्बन्धी तीन÷तीन दिनको तालिम प्रदान गरिएको छ ।

खाम्ला र खिवाङ धौलागिरी हिमालको आधार शिविर जाने पदमार्गमा पर्छ । यहाँ तरकारी उत्पादन भएपछि स्थानीयले दैनिक रुपमा स्वच्छ र ताजा तरकारी उपभोग गर्न पाउने मात्र नभई नजिकैको बजार तथा पदयात्रा रआरोहणमा आउनेहरुलाई बिक्री गर्न सक्छन् ।

भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने हालसम्म सडक सुबिधा नपुगेको खिवाङ र खाम्लामा नमुना कृषि कार्यक्रम लागू भएकोमा स्थानीयबासी उत्साहीत भएका छन् । प्रदेश सरकारले बेनीको सिंगा सुर्केमेला, बास्कुना, मंगलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, रघुगंगाको भगवति घट्टटोल र अन्नपूर्णको भुरुङ्ग–तातोपानीमा मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...