शर्मा युनाइटेड ठेकेदार कम्पनीको लापरबाहीले भुरुङ–तातोपानी बजार कटानको उच्च जोखिममा

Gandaki Pardesh notice

बेनी । बुधबार रातीदेखिको बर्षासँगै आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानी र मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार संरक्षणका लागि निर्माणाधिन पर्खाल बगाएको छ ।

कालीगण्डकीमा आएको बाढीले भुरुङ्ग–तातोपानी र म्याग्दी नदीमा आएको बाढीले दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्कि पर्खाल बगाएको हो । बाढीले पर्खाल नाघेर बस्तितर्फ कटान गरेको छ । दुई वटै बस्ति कटानको उच्च जोखिममा परेका छन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले भुरुङ्ग–तातोपानी र मालिका गाउँपालिकाले दरबाङमा नदी नियन्त्रण आयोजना सञ्चालन गरेको थियो । भुरुङ्ग–तातोपानीमा बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदारले शर्मा–युनाइटेडले पक्कि पर्खाल निर्माण गरिरहेको थियो । यो आयोजना निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनी युनाइटेडका सञ्चालक निर्माण ब्यवसायी महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचन हुन् ।

Shreekrishna hardwear in news

हिराचनको पुख्यौली थलो मार्फा हो । शर्मा कम्पनीका सञ्चालक म्याग्दीको पात्लेखेतका रमेश शर्मा पराजुली हुन् । भुरुङ्ग–तातोपानी बजार कटानको जोखिममा पर्नुको पछाडी पहुँचको आडमा ठेक्का हत्याएर काम नगर्ने हिराचन र शर्माको लापरबाहीको हात रहेको स्थानीयबासीले बताएका छन् । यो ठाउँमा नदी नियन्त्रणमा भएको ढिलाईका बिषयमा धौलागिरी खबरले गत चैत दोस्रो साता भिडियो सहितको स्थलगत रिपोर्ट सार्वजनिक गर्दा समेत जिल्लाका सरोकारवालाहरु हाइप्रोफाइल ठेकेदारलाई दवाव दिएर कामको गति बढाउन असक्षम देखिएका थिए ।

दरवाङमा हिमालयन बिल्डर्सले ७ मिटर अग्लो ४५ मिटर लम्बाइको पक्कि पर्खाल निर्माण गर्न गत चैतमा रु. ५६ लाखमा गाउँपालिकासँग ठेक्का सम्झौता गरेको थियो । बाढीले नदी किनारमा राखिएका रड, सिमेन्ट, मिक्सर लगायत निर्माण सामग्री बगाएर क्षति पु¥याएको छ ।

बाढीका कारण प्रारम्भिक चरणमा रहेको निर्माण कार्य समेत रोकिएको र प्रभावित हुने देखिएको मालिका गाउँपालिकाका इञ्जिनियर नमनारायण ढुङ्गानाले बताउनुभयो ।

यसैगरी कालीगण्डकी नदीको कटानले प्राकृतिक तातोपानी कुण्ड, प्रहरी चौकी सहित दर्जनौ होटल भएको भुरुङ्ग–तातोपानी बजार जोखिममा परेको छ । बेनी–जोमसोम सडक आयोजना बिस्तारका लागि नदी किनारमा निर्माणमा निर्माण भएको पक्कि पर्खाल गत बर्षको बाढीले भत्काएपछि ठेकेदारले पुननिर्माण गरिरहेको थियो ।

पक्की पर्खाल कटान भएको ठाउँमा निर्माणाधिन नयाँ पर्खाल बाढीले बगाएपछि जोखिम बढाएको स्थानीय प्रेम गुरुङले बताउनुभयो । “नदीमा पानीको सतह घटेको अवस्थामा धमाधम काम गरेको भए यस्तो हुने थिएन,” उहाँले भन्नुभयो “माघ लागेपछि सुरु गरेको काममा पनि पर्याप्त मजदुर र उपकरण परिचालन गर्न तथा निर्माण सामग्री जुटाउन नसकेर ढिलाई भएको थियो ।”

बस्तीको करिब पाँच मिटर नजिक सम्म कालीगण्डकीले कटान गरेको छ । तल्लो तातोपानी बजारका करिब २५ घर उच्च जोखिममा परेका स्थानीय श्याम रानाले बताउनुभयो । तल्लो तातोपानी बजारका अधिकांश घरमा होटल, चिया र खाजा पसल छ । बेनी–जोमसोम सडकमा यात्रा गर्ने हरुलाई लक्षित गरेर होटल तथा रेष्टुरेष्टु सञ्चालन गरेर जिविकोपार्जन गर्दै आएका छन् । सिमा प्रहरी चौकी भुरुङ–तातोपानीको कार्यालय भवन पनि यही छ ।

Bhautik ministry notice about road

उपल्लो तातोपानी बजारमा सुबिधा सम्पन्न पर्यटकीय होटल सहित पचास भन्दा बढी घर छन् । “रोकथामको काम प्रभावकारी नहुँदा कालीगण्डकीले निरन्तर बस्तीतर्फ कटान गरिरहेको छ,” रानाले भन्नुभयो “निर्माण ब्यवसायीको लापरबाही, सम्बद्ध कार्यालय र सरोकारवालाको बेवास्ताले यस्तो अवस्था आएको हो ।”

भुरुङ तातोपानी बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको क्षेत्रमा पर्छ । ठेकेदारले गत बर्ष अन्नपूर्ण होटलको अगाडी देखि नागढुङ्गा सम्म सडकको बिस्तार र नदी नियन्त्रणका लागि ३०० मिटर पक्की पर्खाल निर्माण गरेको थियो ।

बर्खाको बाढीले ६ मिटर अग्लो सबै पक्की पर्खाल बगाएर बस्ती र सडक कटान गरेको थियो । शर्मा युनाइटेडका साइट इञ्चार्ज रमेश सुबेदीले दुई वटा प्याकेजमा मजदुर र डोजर परिचालन गरेर नदी किनारमा पक्की पर्खाल निर्माणको काम गरिरहेको अवस्थामा पुन ः बाढी आएर क्षति पुगेको बताउनुभयो ।

३७० मिटर पक्की पर्खालको जग हालेर करिब एक मिटर माथिसम्म पर्खाल लगाएको थियो । गत बर्ष निर्माण गरेर बाढीले बगाएको पर्खालको बिमा दावी गरेपनि भुक्तानी समयमा नपाउदाँ ब्यवसायीले काममा गति दिन सकेका थिएनन् ।

यसपाली पनि ६ मिटर अग्लो पर्खाल बनाउने योजना थियो । नदी नियन्त्रणमा भएको ढिलाइले तातोपानी बजार उच्च जोखिममा परेको बिषयमा जिल्लाका सरोकारवालाहरुले पटक पटक आयोजना र सम्बद्ध निर्माण ब्यवसायीलाई ताकेका गरेका थिए ।

चैतमा भएको पाँचौ जिल्ला सभाले पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर नदी नियन्त्रणलाई तिब्रता दिन सम्बद्ध आयोजना तथा निर्माण ब्यवसायीलाई ताकेता गर्ने प्रस्ताव पारित गरेर पत्राचार गरेको थियो ।

गत चैतमा सरुवा भएर जाने क्रममा तत्कालीन प्रजिअ उमाकान्त अधिकारीले समयमै काम गराउन नसके भुरुङ तातोपानी बजार आउने बर्खामा नरहने खतराप्रति सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बेनी–जोमसोम–कोरला सडक आयोजना र शर्मा युनाइटेडलाई नदी नियन्त्रणसँग सडक निर्माणलाई तिब्रता दिन पटक पटक ताकेता गरेपनि ढिलासुस्ति भएको बताउनुभयो ।

भुरुङ–तातोपानी कटानको जोखिममा परेको सम्बन्धी यसअघि प्रशारित समाचार

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...