जलजलाले कोरोना संक्रमितको शव आफै ब्यवस्थापन गर्न थाल्यो

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाले कोरोना (भाइरस)को संक्रमणबाट ज्यान गुमाएका नागरिकको आफै शव ब्यवस्थापन गर्न थालेको छ । सरकारले बनाएको मापदण्ड पुरा गरेर पालिकाकै जनशक्तिलाई परिचालन गरेर शव ब्यवस्थापन गर्न थालेको हो ।

कोरोना संक्रमितको शव ब्यवस्थापनका लागि सामाजिक बिकास समितिका संयोजक गोबिन्द खत्रीको संयोजकत्वमा स्वास्थ्य शाखा संयोजक राजु बोहोरा, समाजकल्याण आधारभूत बिद्यालयका प्रअ डम्मरबहादुर घर्ति क्षेत्री र पालिकाकै नगरप्रहरी समेतको सहभागितामा समिति बनाएको छ ।

टोलीले बिहिबार पहिलो पटक जलजला–९ का ८० वर्षीय पुरुषको शव लस्तिको घाटमा धार्मिक संस्कार अनुसार ब्यवस्थापन गरेको संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँले अब ज्यान गुमाउने संक्रमितहरुको शव गाउँपालिकालेनै सम्बन्धित घाटमा ब्यवस्थापन गरिदिने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

धेरैजसो ठाउँमा नेपाली सेनाले संक्रमितको शव ब्यवस्थापन गरेका छन् । केही ठाउँमा रेडक्रसकर्मी र स्वमसेवकहरुले शव ब्यवस्थापनको काम गरेका छन् । जलजला गाउँपालिकाले संघीयताको अभ्यास गर्दै विपद् ब्यवस्थापनका लागि आफ्नो अधिकार उपयोग र दायीत्व पुरा गर्न अग्रसर देखिएको छ ।

जलजलामा ३२३ जना संक्रमित भएकोमा १५१ जना निको र १६१ जना सक्रीय छन् । ११ जनाको मृत्यु भएको छ । फर्सेमा २० र मल्लाजमा १० शैया क्षमताको आइसोलेशन सञ्चालन गरेको जलजलाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग भएका छन् ।

कोरोना महामारी नियन्त्रणमा विपद् ब्यवस्थापन कोषमा समुदाय र दाताबाट सहयोग जुटाएको छ । लक्षण देखिएकाको स्वाब संकलन गरि पिसिआर र एन्टिजेन परिक्षणका साथै जटिल अवस्थाका बिरामीको उपचारका लागि ब्यवस्थापन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...