बर्षासँगै यातायात सेवा प्रभावित

Gandaki Pardesh notice

बेनी । बुधबार रातीदेखिको बर्षाका कारण म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा यातायातका साधन आवत जावत प्रभावित बनेको छ ।

रघुगंगा गाउँपालिकाको बैशरी, अन्नपूर्णको गुइठेभिर र बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खसेर अवरुद्ध भएको सडक नजिकैका प्रहरी चौकीको अगुवाईमा खुवाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बर्षायामको सुरुवातसँगै बाढी पहिरो जन्य विपद्लाई मध्यनजर गरेर सतर्कता अपनाइएको बताउनुभयो । यस्तै बर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने सडक अवरुद्ध भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक अन्तरगत माटेपानी खण्डको सडकमा बाढी पसेपछि सवारी साधन आवत जावत बन्द भएको छ । सडक अवरुद्ध हुँदा बगरफाँटका करिब २५० घरधुरीलाई ढुवानी र आवत जावत गर्न समस्या भएको छ ।

यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा मापदण्ड विपरित बगर उत्खनन्मा प्रयोग भएका दुई वटा एक्साभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दानाको सब स्टेशन नजिकै कालीगण्डकी नदी किनारको बगर उत्खनन्मा प्रयोग भएका ग १ क ४१४० र नम्बर नखुलेको अर्को एक्साभेटरलाई दाना प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

गाउँपालिकासँग भएको सम्झौता र मापदण्ड विपरित एक्साभेटर प्रयोग गरेर बगर उत्खनन् गरेकाले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय मार्फत जिल्ला समन्वय समितिमा पठाएको प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...