युनियनद्धारा बालगृहमा स्वास्थ्य सामग्री सहयोग

Gandaki Pardesh notice

बेनी । नेपाल प्रेस युनियन म्याग्दीले ३१ औ स्थापना दिवसको अवसरमा बिहिबार नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।


नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरिकृष्ण गौतम र नेपाल युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गर्नुभयो ।

Bhautik ministry notice about road

साबुन, स्यानिटाइजर, प्रोटिन र मास्क लगायत १५ हजार रुपैयाँ बराबरको सामान सहयोग गरेको प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जालीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news


हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष गौतम र बालसंगठन म्याग्दीका सचिव खत्रीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै स्वास्थ्य सामाग्री सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।


प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले स्थापना दिवसका अवसरमा कोरोना कहरमा अनाथ बालबालिकालई संक्रमण जोखिम कम होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...