मंगलाका ३२ सहित म्याग्दीमा ७४ जनामा कोरोना पुष्टि ,जलजलाका २ र बेनीका १ जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकामा ४१ जनाको परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले सार्वजनिक गरेको कोरोना परिक्षणको नतिजा अनुसार बिहिबार मंगलामा जिल्लामा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । मंगलाका स्वास्थ्य संयोजक लेखनाथ रोकाका अनुसार ३७ जनाको पिसिआर परिक्षण गर्दा २८ र चार जनाको एन्टिजेन परिक्षण गर्दा चारै जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा मंगलाको २, ३ र ५ नम्बर वडाका छन् । लक्षण देखिएपनि जटिल अवस्थामा नरहेका उनिहरु होम आइसोलेशनमै बसेका छन । जेठ ४ र ५ गते संकलन गरिएको स्वाबको नमुना पोखरा स्थित प्रयोगशालामा पठाइएको थियो । म्याग्दीमा बिहिबार पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिएका छन । ६९ जना कोरोनालाई जितेर आइसोलेशनमुक्त भएका छन् ।

Shreekrishna hardwear in news

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर बिधिबाट ५३ र एन्टिजेन बिधिबाट २१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार ८४६ जना पुगेका स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो ।

बेनी नगरपालिकामा २० जना, मालिका गाउँपालिकामा तीन जना, अन्नपूर्णमा दुई जना, धौलागिरीमा एक जना, रघुगंगामा १४ जना र जलजलाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

बुधबार बेलुकी ६ बजेसम्म म्याग्दीबाट पठाइएको ८ वटा नमुनाको नतिजा आउन बाँकी भएको र ६९ जना निको भएर आइसोलेशनमुक्त भएका कार्यालयले जनाएको छ । बेनी अस्पतालको आइसोलेशनमा १७ जना उपचाररत छन् ।

बेनी अस्पतालमा आठ जनाको एन्टिजेन परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ भने २५ वटा स्वाबको नमुना संकलन भएको छ । तीन जना निको भएर घर गएको अस्पतालले जनाएको छ ।

यसैगरी कोरोना संक्रमणबाट बुधबार बेनी नगरपालिका–७ मंगलाघाटका ६३ वर्षीय पुरुषको फेवासिटी हस्पिटल पोखरामा निधन भएको छ । बैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएका उहाँको शव बेनीमा ल्याएर दाहसंस्कार गरिएको छ ।

यसैगरी जलजला गाउँपालिकाका २ जना पुरुषको पोखरामा निधन भएको छ । वडा न. ३ का ४४ वर्षीय पुरुषको चरक मेमोरियल कलेज र वडा न. ९ बनौका ८० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

योसँगै जलजलामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ जना पुगेको छ । यसैगरी जलजलामा बिहीबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ ९ गते ११० वटा स्वाबको नमुना संकलन गरेर पठाइएको छ । वडा न. ७ मा १५ जना, २ मा ११ जना, ३ मा ६ जना र ४ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...