म्याग्दीमा थप १५७ जनामा कोरोना संक्रमण पुष्टि

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीमा बुधबार थप १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार यो सँगै म्याग्दीमा कुल संक्रमितको संख्या एक हजार ७७२ जना पुगेको छ ।

पिसिआर बिधिबाट गरिएको परिक्षणमा एक हजार ३८६ र एन्टिजेनबाट ३८६ जनामा संक्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले जानकारी दिनुभयो । बुधबार पिसिआरबाट १२९ र एन्टिजेनबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनी नगरपालिकाका ९९ जना, मालिका गाउँपालिकाका दुई जना, अन्नपूर्णका ७ जना, मंगलाका चार जना, धवलागिरीका तीन, रघुगंगाका ३६ जना छन् । म्याग्दीमा सक्रीय संक्रमितको संख्या ५५० जना छ । म्याग्दीमा संकलन गरेर परिक्षणका लागि पठाइएको १६४ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Shreekrishna

यसैगरी अन्नपूर्ण गाउँपालिकामा १७ जनाको एन्टिजेन परिक्षण गर्दा बुधबार ११ जनामा कोरोना पुष्टि भएको छ । कोभिड अस्पताल र घारको बिरौटामा लक्षण देखिएकाहरुको परिक्षण गरिएको थियो । चार जना संक्रमितलाई कोरोना अस्पतालमा राखेर उपचार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...