लाखौको स्वास्थ्य सामग्री जुटाएको जलजलाले कोरोना विरुद्धको खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयको अनुमति माग्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी। पर्वतको जलजला गाउँपालिकामा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) संक्रमितको उपचारका लागि मंगलबार लाखौको स्वास्थ्य सामग्री ब्यवस्थापन भएको छ ।

गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को पहलमा सरकारी निकाय र दातृ संघ संस्थाहरुले करिब रु. बीस लाख मूल्य बराबरका स्वास्थ्य सामग्री जुटेको हो ।

संक्रमितको उपचारमा स्वास्थ्य सामग्रीको अभाव भएपछि काठमाडौ पुगेका मल्लले सामग्री ल्याएर पालिकामा फर्कनुभएको छ । गाउँपालिकाले नाग्लीवाङको फर्से र मल्लाजमा सञ्चालन गरेको आइसोलसन लागि नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीसंग अनुुरोध गरेर सामग्री ब्यवस्थापन गरेको अध्यक्ष मल्लले बताउनुभयो ।

Shreekrishna

१० वटा अस्सिजन सिलिण्डर, २ वटा अक्सिजन कन्सन्टे«टर, १४ थान शैया, २०० वटा पिपिई, ५०० वटा एन ९५ मास्क, ५०० थान भन्दा बढी ग्लोब्स, मास्क, चश्मा, फेस सिलण्ड, ग्राउन लगायतका सामग्री ब्यवस्थापन गरिएको छ । कोरोना संक्रमितको शव ब्यवस्थापनका लागि आवश्यक पर्ने सामग्री पनि जुटाइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

थपिएका सहित जलजलामा ४० वटा अक्सिजन सिलिण्डर र ५ वटा अक्सिजन कन्सन्टे«टर छन् । थप ५ वटा अक्सिजन कन्सन्टे«टर आउदैछ । एन्टिजेन किट, भिटिम लगायतका सामग्री पनि प्राप्त भएको छ । कोरोना संक्रमितको उपचारलाई प्रभावकारी र ब्यवस्थित बनाउन सामग्रीको ब्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

जलजलामा मंगलबार साँझसम्म २९० जना कोरोना संक्रमित भएकोमा ९६ जना निको, १० जनाको मृत्यु र १८४ जना सक्रीय संक्रमित छन् । २२६ वटा स्वाब नमुनाको रिपोर्ट आउन बाँकी छ । यसैगरी जलजला गाउँपालिकाले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउन मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य सेवा बिभागलाई पत्राचार गरेको छ ।

एक हजार ५०० भाएल खोप उपलब्ध गराउन पत्राचार गरेको छ । खोप उपलब्ध गराउन नसकेमा पालिकालाई आफ्नै खर्चमा खोप खरिद गर्न अनुमति मागेको छ । जलजलाको मल्लाज क्षेत्र कोरोनाको केन्द्र बनेको छ ।

जलजला गाउँपालिकाले लक्षण देखिएका र शंकास्पदहरुको स्वाब नमुना संकलन गरि परिक्षणका साथै संक्रमितको उपचारको ब्यवस्था मिलाएको छ । संक्रमित उपचारका लागि अस्प्ताल पुग्न अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन् ।

यसैगरी कोरोना नियन्त्रणका लागि विपद् ब्यवस्थापन कोष स्थापना गरेर सहयोग संकलन अभियानलाई निरन्तरता दिइएको छ । स्वदेश तथा बिदेशबाट विभिन्न दाताहरुले जिन्सी तथा नगद सहयोग गरिरहेका छन् ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...