दिच्याम इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण सार्वजनिक

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामको इन्टरनेट बिस्तार कार्यक्रमको आम्दानी खर्च बिबरण मंगलबार सार्वजनिक गरिएको छ ।

भगवति आधारभूत बिद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष कर्ण रोकाको अध्यक्षतामा दिच्यामको इन्टरनेट बिस्तार अभियानका अगुवाई गर्नुभएका देब भण्डारी, गंगा रोका र दिलु बिटालुको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

कार्यक्रमका लागि १३ लाख ४६ हजार ६०७ रुपैयाँ संकलन भएकोमा विभिन्न शिर्षकमा दश लाख ५९ हजार ७५० रुपैयाँ खर्च तथा दुई लाख ८६ हजार ८५७ रुपैयाँ खर्च भएको भगवति आधारभूत बिद्यालयका प्रअ जगत खत्रीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

अभियान मार्फत संकलित रकम मध्य इन्टरनेट बिस्तरामा पाँच लाख ३८ हजार २००, सडकको ऋण तिर्न साठी हजार, मराङ र बिमका पहिरो पिडितलाई पचास हजार, भगवति आधारभूत बिद्यालयमा कम्प्युटर खरिद गर्दा दुई लाख ७५ हजार, शिलालेख बनाउदाँ ५६ हजार, कामदारलाई ज्याला र सामान ढुवानी तथा बिबिध शिर्षकमा ५२ हजार ५५० रुपैयाँ खर्च भएको जानकारी गराइएको छ ।

डिसिएस कम्पनीको साठी र स्थानीयको चालीस प्रतिशत लागत साझेदारीमा दिच्याममा इन्टरनेट पु¥याइएको हो । भगवति आधारभूत बिद्यालयमा इन्टरनेट जडान गर्न सुरु गरिएको अभियानमा देव र हिरा भण्डारीका परिवारले दुई लाख ६० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । गाउँका घरहरुमा पनि बिस्तार गर्न थप सहयोग संकलन भएको हो ।

Bhautik ministry notice about road

भगवति आधारभूत बिद्यालयको साथै दिच्यामको ११ वटा घरमा इन्टरनेट जोडिएको छ । कम्पनीले भगवति र गोगनपानीको सिद्ध आधारभूत बिद्यालयलाई माशिक इन्टरनेट शूल्य नलिने सहमति गरेको छ ।

भगवति आधारभूतमा ९ वटा कम्प्युटर र ल्यापटप छन् । प्रोजेक्टरको प्रयोग गरेर पढाउन थालिएको छ । भौगोलिक रुपमा बिकट र दुर्गम बस्तीमा इन्टरनेटको सुबिधा पुगेपछि स्थानीयबासीको आधुनिक सूचना प्रबिधिमा पहुँच बढेको छ ।

देश बिदेशमा रहेका आफन्तसँग सामाजिक सञ्जाल र भिडियोमा कुरा गर्न पाएका छन् । सूचना, समाचार आदानप्रदानमा सहयोग गरेको छ । इन्टरनेट सुबिधासँगै दिच्यामबासीको जिवनशैलीमा सुधार हुने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...