सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उतारेर कृषि उद्यम

Gandaki Kotihome

बेनी । नेपालको शिक्षा ब्यवहारिक नभएको आवाज उठिरहेका बेला प्राबिधिक शिक्षा हाँसिल गरेका म्याग्दीका एक युवाले पढेको ज्ञान ब्यवहारमा उतारेका छन् ।

बेनी नगरपालिका–९ गिठेनीका गणेश चोखालले सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उतार्दै कृषि फार्म सञ्चालन गरेका हुन् । कृषि सम्बन्धी शिक्षा हाँसिल गरेका गणेश चोखालले कृषि ब्यवसाय सञ्चालन गरेर स्वरोजगार बनेका हुन् । २०७६ मा बिमको किसानी प्राबिधिक शिक्षालयबाट बालीबिज्ञान बिषयमा आइएस्सी एजी उतिर्ण चोखालले घरमै कृषि फार्म सञ्चालन गरेका छन् ।

चोखालले बैदेशिक रोजगारको बिकल्पमा गाउँमै रामकृष्ण कृषि पशुपंक्षी तथा फलफुल नर्सरी फार्म स्थापना गरेका हुन् । उनले ब्यवसायिक रुपमा सुन्तला, कागति, दाँते ओखर, साग लगायत फलफुल र सागको बिउ तथा बिरुवा उत्पादन गर्न थालेका छन् ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

उहाले आठ हजार सुन्तला, बीस हजार भन्दा बढी सुन कागति, दुई हजार पाँच सय टिम्मुर, एक हजार पाँच सय दाँते ओखरका बिरुवा उत्पादन गर्नुभएको छ । पढाईका क्रममा हासिल गरेको सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उतारेर ब्यवसाय गरी स्वरोजगार बनेको चोखालले बताए । आइएस्सीएजी उतिर्ण भएलगत्तै चोखालले सुरु गरेको कृषि फार्मलाई चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले सहयोग गरेको छ ।

कार्यालयबाट दुई लाख रुपैयाँ अनुदान पाएका चोखालले थप दुई लाख रुपैयाँ लगानी थपेर दुई वटा सेमि हाइटेक प्रबिधीको टनेल बनाउनु भएको छ । एउटा टनेलमा साग र अर्कोमा फलफुलका बिरुवा उत्पादन गर्नुभएको छ । उहाँले टिम्मुर र एभोकाडोको पनि बिरुवा उत्पादनको तयारी गर्नुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...