एमाले म्याग्दीद्धारा यातायात सेवा र सहायता कक्ष सञ्चालन

Gandaki Pardesh notice

बेनी, १० जेठ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेकपा एमाले म्याग्दीले यातायात सेवा र सहायता कक्ष सञ्चालन गरेको जनाएको छ ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सोमबार एक बिज्ञप्ति जारी गरेर विपद् प्रभावितहरुको सहयोगका लागि स्थायी रुपमा नेकपा एमाले जिल्ला विपद् ब्यवस्थापन कोष समेत स्थापना गरिएको जानकारी दिनुभएको छ ।

छ वटै स्थानीय तहमा सहायता कक्ष स्थापना गरेर अनेरास्ववीयु र राष्ट्रिय युवा संघका कार्यकर्ताहरु मार्फत बिरामीहरुको लगत संकलन, आवश्यक औषधी, स्वास्थ्य सामग्री वितरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी बिरामीलाई आवत जावतका लागि प्रहरी, प्रशासन, जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको समन्वयमा परिचालन गर्ने गरि एक वटा मारुती सुजुकी कम्पनीको अल्टो ट्याक्सी र एक वटा बोलेरो जिप तयारी अवस्थामा राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

एमाले म्याग्दीले बेनीको हाँडेभिरमा रहेका पार्टी कार्यालय भवनलाई आवश्यक परेमा आइसोलेशन बनाउन उपलब्ध गराउने निर्णय र घोषणा गरेको छ । एमालेका नेता कार्यकर्ताहरुले व्यक्तिगत रुपमा पनि बिरामी र संक्रमितको लागि यातायातको ब्यवस्था मिलाएको श्रेष्ठले बताउनुभयो ।

गत वर्ष तत्कालीन नेकपाले कोरोना नियन्त्रणका लागि ब्रोसर बितरण, स्वमसेवक परिचालन र कोरोना कोषमा दुई लाख ५७ हजार ८३३ रुपैयाँ उपलब्ध गराएको थियो । अध्यक्ष श्रेष्ठले सरकारले जारी गरेको कोभिड १९ संकट ब्यवस्थापन अध्यादेश २०७८ को स्वागत गर्नुभएको छ ।

कोरोना रोकथाम र नियन्त्रणको अभियानमा म्याग्दीका अन्य राजनीतिक दलहरु पनि जुटेका छन् । नेपाली काँग्रेसले फुड बैंक र यातायात सेवा सञ्चालन गरेको छ । नेकपा माओवादी केन्द्रले पनि बिरामीलाई लक्षित गरेर यातायात सेवा सञ्चालन गरेको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...