म्याग्दीका गाउँ पस्यो कोरोना

Sinchai Khanipani notice

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको संक्रमण दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ ।

पछिल्ला केही दिनयता संक्रमित हुनेहरुमा ग्रामिण क्षेत्रका छन् । दोस्रो लहरका सुरुका ९० प्रतिशत संक्रमित बेनी बजारका थिए । अहिलेको अवस्था त्यसको ठिक उल्टो छ । परिक्षण गरेको ठाउँमा संक्रमित भेटिएका छन् । परिक्षण गरिएका मध्य ८५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र संक्रमण दर घटेपनि ग्रामिण क्षेत्रमा बढ्दो क्रममा देखिएको बताउनुहुन्छ । सदरमुकाममा संक्रमणदर घट्नुमा बैशाख २२ गतेदेखि भएको निषेधाज्ञाको प्रभाव परेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका सदस्यहरुको बिश्लेषण छ ।

Shreekrishna hardwear in news

“बेनी बजारमा नयाँ संक्रमित थपिने क्रम घटेको छ तर ग्रामिण क्षेत्रमा थपिएकाले समग्र जिल्लाको अवस्था स्थिर छ,” उहाँले भन्नुभयो “ग्रामिण क्षेत्रमा परिक्षणको दायरा बढाएसँगै संक्रमित पहिचान हुन थालेका हुन् ।” बेनी अस्पतालको आइसोलेशनमा उपचाररत अधिकांश संक्रमित नगरपालिकाको ग्रामिण क्षेत्र र पालिकाको आइसोलेशनबाट रिफर भएर आएकाहरु छन् ।

निषेधाज्ञा भएपछि सहरी क्षेत्रबाट ग्रामिण क्षेत्रमा गएका तथा अन्य माध्यमबाट भित्रिएको कोरोनाको संक्रमण बिवाह, चौरासी, ब्रतबन्ध्र, छेवार, किरिया जस्ता सांस्कृतिक कार्यमा भएको जमघट र भोज भतेर मार्फत फैलिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

सोमबार पछिल्लो २४ घण्टामा म्याग्दीका ६५ जना संक्रमित मध्य अधिकांश ग्रामिण क्षेत्रका छन् । पिसिआर बिधिबाट २९ र एन्टीजेन बिधिबाट ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

पिसिआर परिक्षणका क्रममा बेनी नगरपालिकाका २८ जना र मालिका गाउँपालिकामा एक जनामा कोरोना पुष्टि भएको छ । एन्टिजिन परिक्षण गर्दा बेनीमा एक जना, अन्नपूर्णमा ५ जना, मंगलामा २ जना, धौलागिरीमा ११, मालिकामा ९, रघुगंगामा ४ र जलजलाका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यो सँगै म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार ५५३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित निको भएर आइसोलेशनमुक्त भएका छन् । म्याग्दीमा ५२० जना सक्रीय संक्रमित छन् ।

बेनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक लिला गौतमका अनुसार नगर क्षेत्रमा पछिल्लो पटक घतान, अर्थुङ्गे र भकिम्लीमा संक्रमण फैलिएको छ । भकिम्लीमा ३२ जना लक्षण देखिएका र शंकास्पदको स्वाबको नमुना परिक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

यसैगरी रघुगंगा गाउँपालिकाको पिप्ले, दग्नाम र चिमखोलामा संक्रमण फैलिएको छ । केही दिनअघि वडा न. ५ को छिस्वाङमा फैलिएको कोरोना केही दिनयता मंगलाको वडा ३ मा पर्ने बरंजा क्षेत्रमा बढेको छ ।

एक हप्ताअघिसम्म न्युन मात्रामा संक्रमित भएको मालिका गाउँपालिकाको देविस्थान, रुम, डाडागाउँ र निस्कोटमा देखिएको छ । मालिकामा रुमका ३२, देबिस्थानका २३, निस्कोटमा ९, डाडागाउँमा ८, ओखरबोटमा ६, दरवाङमा १ जना संक्रमित छन् ।

अन्नपूर्णको दोवामा पनि कोरोना संक्रमित भेटिएका छन् । धवलागिरीको ताकम र लुलाङमा पनि संक्रमणको अवस्था स्थिर देखिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालनाम भएको लारबाहीका कारण ग्रामिण क्षेत्रमा कोरोना महामारी नियन्त्रणमा चनौति देखिएको छ ।

म्याग्दीको गुर्जा, बिम, मराङ, मल्कवाङ, कुइनेमंगले, पाखापानी, झिँ र राम्चे बाहेकका वडाहरु कोरोना महामारीबाट प्रभावित भएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...