निषेधाज्ञा उल्लङघन गर्दै भेला र जमघट गराउदै एनएमबी लघुबित्तका कर्मचारी

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा शाखा कार्यालय रहेको एनएमबी लघुबित्त संस्थाले कोरोना महामारी रोकथामका लागि गरिएको निषेधाज्ञा उल्लङ्घन गर्दै भेला र बैठक गरेको छ ।

केही दिनयता तिब्र रुपमा कोरोना भाइरसको महामारी फैलिएको रघुगंगा गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने राहुघाटमा आइतबार सो लघुबित्तले लगानी उठाउन, बचत संकलन र ऋण लगानी गर्ने प्रयोजनका लागि स्थानीय महिलाहरुको भेला गरेको थियो ।

सो भेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड समेत पालना भएको थिएन् । निषेधाज्ञाको समयमा बैंक, सहकारी र लघुबित्त संस्थाको कारोबार बन्द गरिएको स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

निषेधाज्ञाको समयमा स्वास्थ्य मापदण्ड पालना नगरी भएको भएको लघुबित्तको भेला र जमघटका कारण कोरोना फैलिन जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् । कारोबार नभएको अवस्थामा बचत गर्न र ऋण तिर्न समस्या भएको समूहमा आवद्धहरुले गुनासो गरेका छन् ।

लघुबित्तको ऋणका कारण कतिपय महिलाहरु तनाबमा परेका । निषेधाज्ञा उल्लघन गर्ने लघुबित्तका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने गलेश्वरबासीले माग गरेका छन । म्याग्दीमा ५० वटाको हाराहारीमा लघुबित्त संस्था भएको अनुमान गरिएको छ ।

बेनी, गलेश्वर, पोखरेबगर, दरवांग, बाबियाचौर, तातोपानीमा विभिन्न लघुबित्तका कार्यालय छन् । केही लघुबित्तका कर्मचारीहरुले निषेधाज्ञाको समयमा पनि बचत, ऋण उठाउने र लगानी गर्न भेला तथा जमघट गराएकाले नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...