कास्कीकोट युवा सञ्जालको डाक्टरसँग सरसल्लाह कार्यक्रम प्रभावकारी

Gandaki Pardesh notice

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २४ को हाम्रो कास्कीकोट युवा सञ्जालले सञ्चालन गरेको “डाक्टरसंग सरसल्लाह” कार्यक्रम प्रभावकारी बनेको छ ।

गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरुको विवरण संकलन गरेको संस्थाले यस वर्ष उनीहरूलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको छ ।

बेलुका ६ः३० बजे देखि ७ः०० बजे सम्मको समय छुट्टयाइएको उक्त कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दिर्घ रोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा सिधै डाक्टरसंग राख्न सक्छन् । ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको नम्बरमा एसएमएस वा फोन सम्पर्क गरि आफ्ना जिज्ञासा राख्न सक्ने संजालका संयोजक हेम सुवेदी बताउनुहुन्छ ।

Shreekrishna hardwear in news

हालसम्म डा. सन्तोष अधिकारी, डा. किरण बस्ताकोटी, डा. नवराज बस्ताकोटी, किरण बस्ताकोटी, डा. असिम सुवेदी, डा. दिपक मल्ल, डा.बिश्वराज बस्ताकोटी लगायतका डाक्टरहरुले परामर्श दिनुभएको छ ।

Bhautik ministry notice about road

विशेषगरी कोभिडका बिरामीले लाभ लिन सकुन भन्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने संस्थाका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटी बताउनुहुन्छ ।

आफ्नो संस्थाले एकदमै राम्रो काम गरेको र आफुले पनि यसबाट लाभ लिईरहेको अर्का संस्थापक बालाहरी शर्मा चुवाई बताउनुहुन्छ । कार्यक्रममा प्रत्यक्ष रूपमा अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानल मार्फत हेर्न सकुन् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमहरुको भिडियो अपलोड गर्ने गरिएको र सो को जानकारी सामाजिक संजाल मार्फत दिइएको संजालका प्राविधिक संयोजक ई. रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उक्त भर्चुअल कार्यक्रममा सहभागी हुन तलको लिंक मार्फत प्रत्येक दिन साझ ६ः३० बजे जुममा जोडिनु पर्नेछ ।

https://us04web.zoom.us/j/3226003423?pwd=ZTNCbXVpUTdrVlRGZ2N2WkVvWGlsUT09
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...