कोरोनाबाट म्याग्दीमा ३५ जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी । महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट म्याग्दीमा ३५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता करिब एक महिनाको अबिधिमा मात्रै कम्तिमा २७ जनाको मृत्यु भएको छ । म्याग्दीमा संक्रमण पुष्टि भएका १९ जना, जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि गएका १२ जना र कोरोनाको लक्षण र चिन्ह देखिएका तर स्वाब परिक्षण नगरिएका ४ जना (शंकास्पद) समेत मृत्यु हुनेको संख्या ३५ जना पुगेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

पोखरा, काठमाडौ लगायत सहरी क्षेत्रमा उपचारको क्रममा कोरोना पुष्टि भएका १२ जनाको मृत्यु भएको छ । म्याग्दीमा कोरोना पुष्टि भै मृत्यु भएका १९ जना मध्य ७ जनाको बेनी अस्पतालमा र १३ जनाको बेनी अस्पतालबाट थप उपचारका लागि पोखरा, काठमाडौ रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

शनिबार र आइतबार बेनी अस्पतालमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । जटिल अवस्थामा मात्रै अस्पताल आउने गर्नाले ज्यान जाने खतरा हुने भएकाले कोरोनाको लक्षण देखिने र असहज हुने बित्तिकै अस्पताल आउन बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले बताउनुभयो ।

म्याग्दीमा हालसम्म एक हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ४९६ जना छ । म्याग्दीबाट संकलन गरेर पठाइएको ३१४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।

सदरमुकाम बेनी बजार भित्र निषेधाज्ञा जारी भएपछि नयाँ संक्रमित भेटिने दर घटेपनि ग्रामिण क्षेत्रमा बढेको छ । नया नयाँ ठाउँमा संक्रमित भेटिएका छन् । कोरोना नियन्त्रणका लागि बैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...