म्याग्दीमा उद्दारका गाडी र राहत वितरणलाई एकद्धार प्रणाली लागु गरिदै

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समयमा बिरामी उद्दारका लागि प्रयोग हुने गाडी र राहत बितरणलाई एकद्धार प्रणाली लागू गरिने भएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिले दाताहरुद्धारा सञ्चालित उद्दारका सवारी साधन र राहत बितरणलाई एकद्धार प्रणालीबाट सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिएको छ ।

कोरोना भाइरसका संक्रमित र अन्य बिरामीको उद्दारमा प्रयोग भएका गाडीहरुलाई परिचालन गर्न प्रहरी निरिक्षक नवराज केसीको नेतृत्वमा ५ सदस्यीय टोली बनाएको छ । उद्धारका लागि सवारी साधन आवश्यक परेमा स्वास्थ्य संस्था, पालिका, अस्पतालको सिफारिस तथा बिरामी आफैले १०० मा सम्पर्क गर्न सक्नेछन् ।

Shreekrishna hardwear in news

बिरामीको उद्दारलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन एकद्धार प्रणाली लागू गरिएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राइले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखिनै उद्दार कार्यमा यो निर्णय लागु गर्ने तयारी भएको छ ।

म्याग्दीमा रेडक्रस, बेनी अस्पताल, अन्नपूर्ण गाउँपालिका र मालिका गाउँपालिकाको एम्बुलेन्सले नभ्याएपछि कोरोना संक्रमित र अन्य जटिल अवस्थाका बिरामीलाई अस्पताल पुग्न तथा फर्कन स्थानीय तह र विभिन्न संघ संस्थाले यातायातका साधनको ब्यवस्था गरेका छन् ।

Bhautik ministry notice about road

गंगा जिसी फाउण्डेशन, लायन्स क्लव अफ बेनी पिस सिटी, नेपाल तरुण दल, अनेरास्ववीयु, वाइसीएल र अनेरास्ववीयू क्रान्तिकारी लगायत संघ संस्थाले निषेधाज्ञाको समयमा एम्बुलेन्सको अलावा बिरामीको उद्दारका लागि यातायातको ब्यवस्था मिलाएका छन् ।

बिरामीले भनेको समयमा गाडी नपाएको, कुनै गाडीलाई धेरै कामको चाप पर्ने, टाढाका बिरामीले सेवा पाउन नसकेको गुनासा र उद्देश्य विपरित दुरुपयोग हुन सक्ने जोखिम देखेपछि एकद्धार प्रणालीमा ल्याउने निर्णय गरेको हो । उद्दारमा परिचालन हुने गाडीका लागि प्रहरीले छुट्टै पास उपलब्ध गराउने भएको छ ।

यसैगरी बेनी अस्पताल परिसरमा हुने गरेको अनावश्यक मानिसहरुको उपस्थिति र चहलपहललाई न्युन पारिएको छ । अस्पतालमा हुने भिड र जमघटले कोरोना फैलाउने जोखिम बढेको बिश्लेषण गर्दै अनावश्यक र असम्बन्धित व्यक्तिहरुको उपस्थिति न्युनिकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले राहत तथा सहयोग बितरणलाई पनि ब्यवस्थित बनाउन लागिएको बताउनुभयो ।

वडा कार्यालय मार्फत राहत र सहयोग बितरण गर्नुपर्ने, तस्बिर सार्वजनिक गर्न नपाउने र उपलब्ध गराएको सामग्रीको विवरण प्रशासनमा जानकारी गराउनुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न २०७८ बैशाख २२ गते रातीदेखि म्याग्दीमा लागू भएको निषेधाज्ञालाई २०७७ जेठ १७ गतेसम्म लम्बाइएको छ ।

निषेधाज्ञाको समयमा ग्रामिण क्षेत्रमा खाद्यान्न लगायत अत्यावश्यक बस्तुको ढुवानीलाई सहज बनाउनुपर्ने आवाज उठेको छ । बेनी अस्पतालमा भर्ना भएका बिरामीका कुरुवाहरुले खाना खान समस्या भएको गुनासो गरेका छन् ।

हालसम्म एक हजार ४८८ जनामा कोरोना संक्रमण भएको म्याग्दीमा ३५ जनाले ज्यान गुमाएका छन् । हाल जिल्लामा सक्रीय संक्रमितको संख्या ४९६ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...