म्याग्दीमा जेठ १७ गतेसम्म निषेधाज्ञा थपियो

Sinchai Khanipani notice

बेनी । कोरोना (भाइरस)को संक्रमण नियन्त्रणका लागि म्याग्दीमा जारी गरिएको निषेधाज्ञा सात दिन थपिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बैशाख २२ गते रातीदेखि सुरु भएर २८ गतेदेखि जेठ १० गतेसम्मका लागि थपिएको निषेधाज्ञालाई सोमबार दोस्रो पटक जेठ १७ गतेसम्मलाई लम्बाइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले संक्रमण बढ्ने दर स्थिर रहेकाले नियन्त्रणका लागि निषेधाज्ञा लम्बाइएको बताउनुभयो । प्रजिअको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको सिफारिसमा सुरक्षा समितिले सात दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

Shreekrishna hardwear in news

विगतकै नियम अनुसार निषेधाज्ञा कार्यान्वयन गरिने भएको छ । औषधी उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यबस्तु खरिद गर्ने जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन र हिडडुल गर्न रोक लगाइएको छ ।

अस्पताल, औषधालय, औषधी एवम् स्वास्थ्य सामग्रीका पसल, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्याँस लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी सञ्चालन गर्न पाइनेछ ।

Bhautik ministry notice about road

बिवाहमा ७ जना मात्र जन्ती जान पाउने भएका छन् । ब्रतबन्ध, पूजाआजा लगायत कुनै पनि धार्मिक, सांस्कृतिक सामाजिक क्रियाकलापहरुमा जमघट तथा भेला हुन रोक लगाइएको छ । सार्वजनिक बिकास निर्माणको काममा संलग्न मजदुरहरुको हकमा सम्बन्धित आयोजना प्रमुखको सिफारिसको आधारमा निर्माण ब्यवसायीहरुले निश्चित गरेको ठाउँमा बस्ने गरि निर्बाध रुपमा सञ्चालन गरिने भएको छ ।

निषेधाज्ञा जारी भएको स्थानका सरकारी र सार्वजनिक कार्यलय एवं बैंकहरुमा अनावश्यक भिडभाड हुन नदिने, अत्यावश्यक बाहेक अन्य कार्यालय तथा संस्था प्रमुखले आलोपाले पद्धति अनुसार न्यूनतम कर्मचारी खटाई कार्यलय सञ्चालन हुने प्रशासनले जनाएको छ । म्याग्दीमा पर्ने सडकमा आवत जावत गर्ने सवारी साधनलाई निषेधाज्ञा लागू भएको क्षेत्रमा यात्रु झार्न र नचढाउने सर्तमा चल्न दिने भएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका सवारी साधन, दमकल, शबबाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, डेरीजन्य उत्पादन, माछा मासु, बिउ बिजन, ग्याँस तथा पेट्रोलीयम पदार्थ, सञ्चार सेवा र निर्माण सामग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवा सामग्री बोकेका सवारी साधनहरु, अत्यवाश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधन, प्रेस पास तथा परिचयपत्र बाहक सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन बाहेकका कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न रोक लगाइएको छ ।

हालसम्म एक हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको म्याग्दीमा ४९६ जना सक्रिय संक्रमित छन् । यसैगरी बिरामी बोक्नका लागि विभिन्न संघ, संगठनले सञ्चालन गरेका गाडी यसैगरी बिरामी बोक्नका लागि विभिन्न संघ, संगठनले सञ्चालन गरेका गाडी एकद्धार प्रणालीबाट चलाइने भएको छ ।

दाताहरुबाट गाडी र चालकको बिबरण मागेर एकद्धार प्रणालीबाट बिरामीहरुलाई यातायात सेवा दिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा संयन्त्र बनाइएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...