म्याग्दीमा १७२ जना कोरोना संक्रमित थपिए

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा पछिल्लो २४ घण्टामा १७२ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुबेदीले पिसिआर बिधिबाट १४५ जना र २७ जनामा एन्टिजिन परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आइतबार संक्रमित हुनेहरुमा सबैभन्दा बढी बेनी नगरपालिकाका ७९ जना छन् । पिसिआर बिधिबाट बेनीमा ७६ जना, मंगलामा ६ जना, रघुगंगामा ३१ ज्ना, अन्नपूर्णमा १, मालिकामा २७ र जलजलामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

एन्टिजिन परिक्षणबाट बेनी नगरपालिकामा तीन जना, अन्नपूर्णमा छ जना, मालिकामा १७ जना र जलजलामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै म्याग्दीमा हालसम्म कोरोना संक्रमितको संख्या एक हजार ४८८ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पिसिआरबाट एक हजार १८० जना र एन्टिजेनबाट ३०८ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार पछिल्लो २४ घण्टामा कोरोना जितेर ५३ जना आइसोलेशनमुक्त हुनुभएको छ । जिल्लाभर सक्रिय संक्रमितको संख्या ४९६ जना छ । म्याग्दीबाट संकलन गरेर पठाइएको ३१४ वटा नमुनाको रिपोर्ट आउन बाँकी छ ।

बेनी अस्पतालका चिकित्सक जितेन्द्र कडेलले सदरमुकाम बेनीमा संक्रमणको दर घटेपनि ग्रामिण क्षेत्रमा जोखिम कायमै रहेको बताउनुभयो । स्वास्थ्य अवस्था जटिल भएर अस्पताल आउने बिरामीको संख्यामा भने कमी आएको छैन् ।

बेनी अस्पतालको आइसोलेशनमा हाल सदरमुकाम बेनी बजार बाहिर ग्रामिण क्षेत्रका संक्रमित बढी छन् । आइतबार म्याग्दीका तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीनै जना बेनी नगरपालिकाका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...