बेनीमा कोलेनिकाको भवन निर्माण सम्पन्न

Gandaki Pardesh notice

बेनी । कोरोना (भाइरस) रोकथामका लागि गरिएको निषेधाज्ञाको असहज अवस्थाका बावजुद म्याग्दीको बेनीमा कोष तथा लेखा नियन्त्रक कार्यालयको नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ ।

बेनी नगरपालिका–७ मंगलाघाटमा निर्माण सकिएको भवनमा कार्यालय स्थानान्तरण गरेर सेवा सञ्चालन गर्ने तयारी गरेको कोलेनिका म्याग्दीले जनाएको छ । कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले शनिबारदेखि प्रयोगमा ल्याइएको भवनबाट सोमबारदेखि नियमित सेवा सञ्चालन गरिने बताउनुभयो ।

हाल बेनीको गणेशटोलमा मासिक ५५ हजार रुपैयाँ तिरेर भाडाको घरबाट कोलेनिकाको कार्यालय सञ्चालन हुदै आएको थियो । ११ आना क्षेत्रफलमा निर्माण भएको तीन तले भवनमा १० वटा कोठा र ९ वटा शयनकक्ष तथा शौचालय छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

२०७६ असारमा दुई करोड रुपैयाँमा ठेक्का लिएको त्रिशक्ती–दावा जेभीले निर्माणको काम सकेपनि हस्तान्तरण र अन्तिम किस्ता भुक्तानी बाँकी छ । २०७७ पुष मसान्तसम्म सम्झौताको म्याद रहेको आयोजनाको म्याद गत वर्षको बन्दाबन्दीका कारण छ महिना थपिएको थियो ।

थ्प भएको समयसिमा भित्रनै निषेधाज्ञाको असहज अवस्थामा भवन निर्माण सकेको निर्माण ब्यवसायी निराजन खतिवडाले बताउनुभयो । भवन निर्माणका क्रममा पुर्बाधार बिकास कार्यालयले प्राबिधिक सहयोग गरेको थियो ।

कोलेनिकाको भवन नजिकै दुई करोड ४० लाख रुपैयाँ खर्चेर गत मंसिरमा नापी कार्यालयको साढे तीन तले पक्कि भवन निर्माण भएको थियो । यसैगरी खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालयको भवन निर्माण भइरहेको छ । नापी कार्यालयको भवनसम्म पुग्ने पहुँचमार्ग खोलेर प्रयोगमा ल्याउने तयारी भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...