कोरोनाले सिकाएको पाठःबजारमा कौसी खेती,गाउँगाउँमा आग्र्यानिक पद्यति

Sinchai Khanipani notice

धु्रबसागर शर्मा
बेनी,
महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण जिल्लामा भएको निषेधाज्ञाले म्याग्दीका कृषकहरुलाई नयाँ पाठ सिकाएको छ ।
बजारमा बसोबास गर्दै आएका मानिसहरु पनि घरको छत र सानो करेसाबारीमा तरकारी फलाउने कर्ममा समय विताउँदै छन् भने ग्रामिण क्षेत्रका कृषकहरुले आग्र्यानिक कृषिको महत्व बुझ्ने अवसर पाएका छन् ।
कोरोना सङ्क्रमितको संख्या र मृत्युहुने क्रम बढेको खबरले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल भरिएका छन् । निषेधाज्ञा कति लम्बिने हो पत्तो छैन । यतिबेला कृषि कर्मबाहेकका अरु सबै व्यवसाय ठप्प बनेको अवस्था छ ।
कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको जलाधार क्षेत्रको मुटुमा जिल्लाको सदरमुकाम बेनीबजार छ । यस्तो जल र मलले युक्त रसीलो माटो भएको क्षेत्रमा अन्न होइन कंक्रिणका घर फलेका छन् । र, तिनै घरको छतमा बोरा,टिन, प्लाष्टिक र यस्तै अन्य माध्यमको प्रयोग गरी त्यसमा माटो भरेर तरकारी फलाइएको छ ।
बेनी बजारका हरेक छत र कौसीमा तरकारीलगायत घरका लागि उपयोगमा आउने हरेक प्रकारका तरकारी फलाउन घरमै थुनिएका बेनीवासी व्यस्त छन् । अन्य काममा जान नपाएपछि करेसाबारीसँगै घर छेउछाउका बाँझा जग्गा खनेर तरकारी रोप्ने उनीहरुको दिनचर्या बनेको छ ।
कौसी हराभार हुने, आफ्नो घरबारीमा हरियाली देख्न पाइने र आफ्नै बारीको तरकारी टिपेर खान पाइने भएका कारण करेसाबारी र कौसीखेतीमा बजारवासीको आकर्षण बढेको हो ।
बेनीको हुलाकचोककी साधना कुमारी श्रेष्ठले आफ्नो घरको छतमा लटरम्मै तरकारी फलाउनुभएको छ । यतिबेला साग, मुला, धनियाँ, खुर्सानीलगायतका तरकारी लगाएको उनले बताइन् ।
त्यसैगरी विरेन्द्रचोककी सिर्जना भट्टचनले छतकोे उत्पादनले आफूलाई खुशी मिलेको बताउछिन् । शहरी क्षेत्रमा बालबच्चालाई फल फलेको देखाउनु पनि ठूलो कुरा हुन थालेको उनले बताइन् । ‘घरमै तरकारी फलाउँदा आर्थिक बचत भएको छ । कौसीमा नै काम गर्न पाउँदा शरीर स्वस्थ भएको छ’, उनले भनिन् ।
उता ग्रामिण क्षेत्रमा भने कृषि पद्यतिमा नै परिवर्तन आएको छ । जैविक मल र आग्र्यानिक तरकारीले किसानका खेतवारी भरिएका छन् । शहरबाट गाउँ फर्किएका मानिसहरु पनि समय विताउन कृषि कर्ममा रमाउन थालेपछि नाङ्गा पाखा पखेरामा समेत हरियाली छाएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।
उनले भने–‘बल्ल मानिसले कृषिको महत्व बुझ्न थालेका छन्, शारिरीक तन्दुरुस्ती मात्रै होइन मानसिक स्पmुर्तिको गतिलो माध्यम पनि बनेको छ कृषि कर्म ।’
अहिले म्याग्दीको ग्रामिण क्षेत्रमा पनि कोरोना सङ्क्रमण भुसको आगो जस्तै गरी फैलिएको छ । एउटै गाउँमा ५० जनाभन्दा बढी सङ्क्रमितहरु भेटिन थालेपछि गाउँको अवस्था पनि भयावह बन्दै छ । फुर्सदको समयमा छिमेकीको घरमा जाने,गफिने र समय विताउने गरेका गाउँलेहरु अहिले आफ्नो घर बाहेक अरु कसैको घरमा जाने वातावरण नहुँदा समय विताउनकै लागि भए पनि खेतबारीको काममा व्यस्त हुन थालेका छन् । उनीहरुले तरकारी खेतीलाई समय विताउने माध्यम बनाएका बेनी नगरपालिका २ बगरफाँटका पदमपाणी शर्माले बताए ।
शर्माका अनुसार गाउँमा अहिले आग्र्यानिक कृषिको लहर छाएको छ । बजार बन्द हुँदा रासायनिक मल र विषादी किनेर खेतवारीमा प्रयोग गर्ने अवस्था छैन । त्यसले पनि किसानलाई जैविक मल र विउको प्रयोग गर्न बाध्य बनाएको उनको बुझाइ छ ।
म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले भने कोभिडको महामारीको समयमा आग्र्यानिक तरकारी झन आवश्यक छ’, उनले भने ‘घरमै फलाउनसके बजारको भीडभाडमा गइरहनु पर्दैन ।’ घरघरमा विषादीरहित तरकारी उत्पादन गर्दा पैसाको बचत र वातावरणमा पनि राम्रो असर पु¥याउँने उनको भनाइरहेको छ ।
कोरोना महामारीमा धेरै जनाले छोएको तरकारी किन्नुपर्ने, भिडभाडमा जानुपर्ने जस्ता कारणले सङ्क्रमणको सम्भावना बढी हुन्छ । आफ्नै तरकारी उत्पादन गर्नसक्ने हो भने कोरोना सङ्क्रमणबाट बच्न त सकिन्छ नै स्वस्थ तरकारी खाँदा अन्य रोगसँग लड्ने क्षमता पनि विकास हुन्छ ।
कृषक कार्कीका अनुसार अहिले जिल्लाका ग्रामिण क्षेत्रमा आग्र्यानिक उत्पादनको लहर चलेको छ । कोभिडका कारण बजार बन्द भएपछि किसानले उत्पादन गरेका तरकारी विक्रि नहुँदा पशुको आहारा बनेको छ । गाउँमा सबैका घरमा अहिले तरकारी खेती गरिएको छ । गाउँमा खपत हुने अवस्था छैन ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...