भुरुङ–तातोपानीमा ढल ब्यवस्थापन सुरु

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने पर्यटकीय स्थल भुरुङ्ग–तातोपानीमा ढल ब्यवस्थापन आयोजना सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिका र कालीगण्डकी कोरीडोर दाना–कुश्मा प्रशारण लाइन आयोजनाको सहयोगमा उपभोक्ता समिति मार्फत ढल ब्यवस्थापनका लागि नाली निर्माण सुरु भएको हो । बजारको मुख्य भागमा ह्युम पाइप बिछ्याएर नाली बनाएर ढल ब्यवस्थापन गर्न लागिएको स्थानीयबासी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाको कार्यापालिका सदस्य आत्म तुलाचनले बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँपालिकाले पाँच लाख रुपैयाँ बिनियोजन गरेको ढल ब्यवस्थापनका लागि प्रशारण लाइन आयोजनाले सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत तीन लाख उपलब्ध गराएको छ । ९५ मिटर ह्युमपाइप राखिने कार्यपालिका सदस्य तुलाचनले बताउनुभयो ।

Shreekrishna hardwear in news

ह्युमपाइप राख्नुका साथै बजार भित्र गाडी आवत जावत गर्न मिल्ने गरि सडक समेत बिस्तार गरिने भएको छ । बि.स २०५२ मा निर्माण भएको कच्चि नाली जिर्ण हुँदा ढल ब्यवस्थापन गर्न समस्या थियो । ढल सडकमा निस्कने, पानी निकास नहुने समस्या थियो ।

नाली निर्माणसँगै फोहोर, ढल ब्यवस्थापन सहज हुने र सरसफाई कायम गर्न सहयोग पुग्ने तातोपानीका बासिन्दाको अपेक्षा छ । प्रशारण लाइन आयोजनाले भुरुङ्ग तातोपानीको खोलामा कल्भर्ट पुल बनाउन गाउँपालिकासँग साझेदारी गरेको थियो । यसैगरी सर्वोदय माविलाई फर्निचर सहयोग गरेको थियो । भुरुङ्ग–तातोपानी आयोजनाको प्रभावित क्षेत्रमा पर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...