अर्थुङ्गे उक्लियो कालोपत्रे सडक

Gandaki Pardesh notice

बेनी । मार्ग खुलेको दुई दशक पछि म्याग्दीको सदरमुकाम बेनी बजार देखि बेनी नगरपालिकाको वडा न. ६ को अर्थुङ्गे जोड्ने सडक कालोपत्रे र ढलान भएको छ ।

बि.स. २०५६÷५७ तिर मार्ग खुलेको बेनी देखि अर्थुङ्गेको देउराली जोड्ने तीन किलोमिटर दुरीको सडकको अधिकांश भागमा कालोपत्रे र ढलान भएको हो । गत बर्खाको पहिरोले पुरिएको कुरिलाखर्कको करिब १०० मिटर बाहेकको ठाउँमा कालोपत्रे र ढलान भएको छ ।

यो सडक बेनी नगरपालिकाको ५, ६, ९, १०का साथै रघुगंगाको ५, ६ र ८ नम्बर वडाका बासिन्दाले सदरमुकाम बेनी आवत जावत गर्न प्रयोग गर्छन् । तत्कालीन जिल्ला बिकास समितिद्धारा सञ्चालित बिकेन्द्रित ग्रामिण पुर्बाधार निर्माण तथा जिविकोपार्जन सुधार कार्यक्रम मार्फत बिस्तार र ग्राभेल स्तरको बनाइएको यो सडक बि.स. २०७३ देखि कालोपत्रे सुरु भएको थियो ।

Shreekrishna hardwear in news

सडक डिभिजन कार्यालयका साथै बेनी नगरपालिका र पुर्बाधार बिकास कार्यालयले फरक–फरक ठाउँमा सडक ढलान र कालोपत्रे गरेका छन् । बेनी नगरपालिकाले पछिल्लो पटक आँपरुख देखि अर्थुङ्गेको देउराली सम्म सडकमा नाली बनाउने, ढलान गर्न र कालोपत्रे गर्न काम सकेको छ ।

गत वर्ष ठेक्का सम्झौता भएको आयोजना कार्यान्वयनको क्रममा कोरोना जोखिम, बन्दाबन्दी, मजदुर र निर्माण सामग्रीको अभावका कारण प्रभाबित भएको थियो । यसवर्ष भने बैशाख २२ गतेदेखि बेनी नगर क्षेत्रमा गरिएको निषेधाज्ञाको असहज अवस्थाको बावजुद कालोपत्रे गरिएको निर्माण ब्यवसायी मनोज कार्कीले बताउनुभयो ।

Bhautik ministry notice about road

रु. एक करोड ३५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजना खुसीहोम बिल्डर्सले ८८ लाख रुपैयाँमा ठेक्का लिएको थियो । २०० मिटर ढलान, ७०० मिटर कालोपत्रे र ७०० मिटर नाली निर्माण भएको बेनी नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताउनुभयो ।

बेनी नगरपालिकाले बेनी–पात्लेखेत सडकलाई गौरवको आयोजनाको रुपमा निरन्तरता दिएको छ । इञ्जिनियर कार्कीका अनुसार यो सडकमा नगरपालिकाले हालसम्म दुई करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।

चार मिटर फराकिलो प्रिमिक्स प्रबिधीको कालोपत्रे गरिएको छ । बेनी नगरपालिका मार्फतनै यसअघि कालोपत्रे भइसकेको बेनी–महामारीथान खण्डको सडक मर्मतको काम भइरहेको छ । रु. ३१ लख ७२ हजारमा ठेक्का लिएको सोमरस निर्माण सेवाले सडक बिस्तार, घुम्ति सुधार, नाली र पर्खाल निर्माणका साथै गत बर्खामा पहिरोले भत्काएको सडक मर्मत गरिरहेको छ ।

पुर्बाधार बिकास कार्यालय मार्फत ठेक्का लिएको श्रमजिवी निर्माण सेवाले महारानीथान र कुरिलाखर्क क्षेत्रमा कालोपत्रे गरेको छ । गत पुषमा रु. ५० लाख ९८ हजार ९४८ मा ठेक्का सम्झौता कम्पनीले कुरीलाखर्कमा १६० र महारानी थानमा थप १६० मिटर कालोपत्रे गरेको हो ।
५.५ मिटर देखि ६ मिटर चौडाईमा प्रिमिक्स प्रबिधिको कालोपत्रे गरिएको निर्माण ब्यवसायी प्रकाश बानियाले बताउनुभयो । आगामी असार महिनासम्म ठेक्काको म्याद भएपनि चैतनै काम सकेर हस्तान्तरण गरेको बानियाले बताउनुभयो ।

सडक स्तरोन्नति भएपछि यात्राअवधि घटेको छ । कच्चि अवस्थामा ३० मिनेट लाग्न सडक अहिले दश मिनेटमै यात्रा गर्न सकिने भएको छ । तर भाडादर भने समायोजन नभएको स्थानीयबासीले गुनासो गरेका छन् । बेनी देखि अर्थुङ्गे पुगेको गाडीभाडा प्रतिव्यक्ति एक सय रुपैयाँ लिने गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...