९० थपिदा ११० जनाले कोरोना जिते

Add Samajik bikash office

बेनी । पछिल्लो २४ घण्टामा म्याग्दीमा ९० जना कोरोना संक्रमित थपिदा ११० जनाले कोरोना जितेर संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीले बिहिबार साँझ साढे ५ बजे सार्वजनिक गरेको बिबरण अनुसार कोरोना संक्रमण भएर आइसोलेशनमा बसेका ११० जना संक्रमण निको भएका हुन् ।

पिसिआर बिधिबाट गरिएको परिक्षणबाट ४८ र एन्टिजेन बिधिबाट ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँका अनुसार पिसिआर बिधिबाट बेनी नगरपालिकामा २७, मालिका गाउँपालिकामा सात जना, रघुगंगामा चार, अन्नपूर्णमा चार र जलजलाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन बिधिबाट परिक्षण गर्दा बेनी नगरपालिकामा छ जना, मंगलामा दुई जना, अन्नपूर्णमा १५, धवलागिरीमा ९ र रघुगंगामा १० जनामा कोरोना पुष्टि भएको लम्सालले बताउनुभयो । योसँगै म्याग्दीमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक हजार १५६ जना पुगेको छ ।

पिसिआर परिक्षणबाट ९३१ र एन्टिजेन परिक्षणबाट २२५ जनामा कोरोना पुष्टि भएको हो । हाल म्याग्दीमा ४२१ जना सक्रीय संक्रमित छन् । म्याग्दीमा संकलन गरेर पिसिआर परिक्षणका लागि पोखरा पठाइएको ७४८ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...