म्याग्दी क्याम्पसका पुर्ब बिद्यार्थीद्धारा स्वास्थ्य सामग्री सहयोग

Sinchai Khanipani notice

बेनी । म्याग्दी बहुमुखी क्याम्पसका पुर्ब बिद्यार्थीहरुले बुधबार बेनी अस्पताल, म्याग्दी बालगृहलाई स्वास्थ्य सामग्री र गलेश्वरको जेष्ठ नागरिक आश्रममा भोजन गराएका छन् ।

क्याम्पसको वि.स २०६२÷६३ मा प्रविणता प्रमाणपत्र तह मानविकी संकायमा अध्ययन गरेका बिद्यार्थीहरुको समूहले महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

Bhautik ministry notice about road
Shreekrishna hardwear in news

बेनी अस्पताललाई एक हजार पिस ग्लोब्स, १८ पिस सर्जिकल ग्राउन र पाँच सय सर्जिकल क्याप सहयोग गरेका हुन् । यसैगरी नेपाल बाल संगठनले बेनीमा सञ्चालन गरेको म्याग्दी बालगृहका बालबालिकाहरुलाई कोरोनाबाट बचाउन मास्क, स्यानीटाइजर, साबुन र थर्ममिटर उपलब्ध गराएका छन् ।

गलेश्वर आश्रममा बस्ने जेष्ठ नागरिकको एक छाक भोजनका लागि दश हजार रुपैयाँ आश्रम सञ्चालक समितिलाई सहयोग गरेका छन् । उनिहरुले करिब पचास हजार रुपैयाँ मूल्य बराबरको सामग्री र भोजनका लागि सहयोग गरेको जनाएका छन् । क्याम्पस सँगै पढेका बिद्यार्थीहरुले सामाजिक सञ्जालमा समूह बनाएर पैसा संकलन गरि सहयोग गरेको जनाएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...