म्याग्दीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार जना नाघेको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बुधबार पछिल्लो २४ घण्टामा पहिचान भएका ७२ जना सहित जिल्लामा कुल संक्रमितको संख्या एक हजार ६६ जना पुगेको हो । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बुधबार २९ जना कोरोना संक्रमण मुक्त हुदाँ सक्रिय संक्रमितको संख्या ४५० रहेको बताउनुभयो ।

Bhautik ministry notice about road

हालसम्म पहिचान भएका मध्य पिसिआर बिधिबाट ८८३ जना र एन्टिजेन बिधिबाट १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्दीबाट संकलन गरेर पठाइएको ८१३ वटा नमुनाको नतिजा आउन बाँकी छ ।

Shreekrishna hardwear in news

बुधबार पिसिआरबाट ३६ र एन्टिजेनबाट ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकामा २३ जना, मंगला गाउँपालिकामा तीन जना, रघुगंगामा १९, धवलागिरीमा ९ जना, अन्नपूर्णमा १६ र जलजला गाउँपाकिलाका दुई जनामा संक्रमण भएको हो ।

बेनी अस्पतालको आइसोलेशनमा हाल २२ जना उपचाररत छन् । दुई जना निको भएर डिस्चार्ज भएका छन् । २८ जनाको स्वाब संकलन गरिएको छ । १६ जनाको एन्टिजेन परिक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...