मृत्यु भएको छ दिनपछि आएको पिसिआर नजितामा कोरोना पुष्टि

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिकाका एक व्यक्तिको मृत्यु भएको छ दिनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका मंगला गाउँपालिका–५ छिसवाङका ७७ वर्षीय पुरुषको २०७८ बैशाख २९ गतेनै मृत्यु भएको थियो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाका अनुसार ती वृद्ध लगायत ३२ जनाको बैशाख २८ गते स्वाबको नमुना संकलन गरेर पिसिआर परिक्षणका लागि प्रदेशको प्रयोगशालामा पठाइएको थियो ।

“मृतकका परिवारका सदस्यलाई बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो,” उहाँले भन्नुभयो “नजिकको सम्पर्कमा रहेका उहाँको नजिकको सम्पर्कमा रहेको आधारमा परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको थियो ।”

Shreekrishna hardwear in news

मत्यु पछि पिसिआर नजिता आएको संयोजक रोकाले पुष्टि गर्नुभयो । दिवंगतको शवलाई सिमित परिवारका सदस्य र आफन्तहरुले धार्मिक बिधी अनुसार सदगद गरेका थिए ।

कोरोनाको शंका गरिएकाले धेरै जना मलामी गएनन्् । जानकारी गराएपनि कोरोना पुष्टि नभएको भन्दै शव ब्यवस्थापनमा जिल्ला प्रशासनले बेवास्ता गरेको स्थानीयले बताएका छन् । प्रशासनले बेवास्ता गरेपनि स्थानीयले सुरक्षा सतर्कता अपनाएर शव ब्यवस्थापन गरेका थिए ।

Bhautik ministry notice about road

सरकारले कोरोनाका कारण ज्यान गुमाएकाको शव ब्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । प्रशासनको बेवास्ता र हेलचेक्राईले स्थानीयले मापदण्ड विपरित शव ब्यवस्थापन गर्नुपरेको थियो ।

गाउँपालिकाका अनुसार बैशाख २८ गते मंगला–५ मा संकलन गरिएको ३२ वटा मध्य १८ जनामा कोरोना पुष्टि भएको छ । छिस्वाङमा बैशाख तेस्रो साता बिवाह, चौरासी पुजा र किरीया भएको थियो । सांस्कृतिक, धार्मिक कार्यमा सहभागि हुन बाहिरी जिल्लाका सहरबाट आएकाहरुबाट भित्रिएको कोरोना फैलिएको छ ।

छिस्वाङमा कोरोनाका कारण यसअघि पनि एक महिलाको निधन भएको थियो । म्याग्दीमा संकलन गरिएको स्वाब नमुनाको पिसिआर नतिजा आउन ढिलाई हुँदा महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रणमा चुनौति देखिएको छ ।

म्याग्दीका ग्रामिण क्षेत्रमा पालिकाहरुले संकलन गरेको स्वाब नमुनाको नतिजा आउन ढिलाई भएको छ । लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाबको नमुना संकलन गरेर पिसिआर परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाउने गरिएको छ ।

पिसिआरको नतिजा आउन धेरै ढिलाई हुँदा कोरोना नियन्त्रणमा चुनौति बढेको छ। कतिपय संक्रमितलाई कोरोनाको लक्षण देखिन छोडेपछि नतिजा आएको छ । स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीबाट पठाइएको ६६३ वटा नमुनाको नतिजा आउन बाँकी छ । म्याग्दीमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ । ८४७ जना पिसिआर र १४७ जना एन्टिजिन परिक्षणबाट पहिचान भएका हुन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...