भगवतीका भण्डारीद्धारा बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

Sinchai Khanipani notice

बेनी, रघुगंगा गाउँपालिका–२ भगवतिका पदम भण्डारीले बेनी अस्पताललाई मंगलबार स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

रघुगंगा गाउँपालिकाका अधिकृत समेत रहनुभएका भण्डारीले दुई हजार पाँच सय पिस सर्जिकल ग्लोब्स, एक वटा पल्स अक्सिमिटर र तीन वटा अक्सिजन फलोमिटर सहयोग गर्नुभएको अस्पतालले जनाएको छ ।

Bhautik ministry notice about road

भ्ण्डारीकी छोरीले अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाल र प्रमुख चिकित्सक जितेन्द्र कडेललाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । भण्डारीले उपलब्ध गराउनुभएको सामग्रीको मूल्य रु. एक लाख बराबरको भएको अस्पतालले जनाएको छ ।

Shreekrishna hardwear in news

भण्डारीले उपलब्ध गराउनुभएको सहयोगले कोरोना संक्रमितको उपचारमा सहयोग पुग्ने बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताउनुभयो । म्याग्दी र पर्वतको जलजलाका कोरोना संक्रमितको उपचार गरिरहेको बेनी अस्पताललाई सामाजिक क्षेत्रबाट सहयोग प्राप्त हुन थालेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...